१ कार्तिक २०८३, शनिबार

बालबालिकाको आध्यात्मिक शिविर सम्पन्न टेक्ससमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्भिङ । अमेरिकाको टेक्सासमा नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रको आयोजनामा नेपालीमूलका बालबालिकाहरूका लागि आयोजित ८ दिने आध्यात्मिक शिविर आइतबार समापन भएको छ ।

चिन्तामणि योगीद्वारा सञ्चालित शिविरमा डिएफडब्लु एरियाका झण्डै एकसय नेपाली बालबालिकाहरूको सहभागिता थियो । समापन समारोहमा बालबालिकाहरूले आफ्नो कला प्रस्तुत समेत गरे ।

त्यस अवसरमा सहभागी बालबालिका, अभिभावक सञ्जय घिमिरेले शिविरका विषयमा समीक्षा गर्दै निरन्तरताको अपेक्षा गरे ।

कार्यक्रममा सहभागी बालबालिकाहरूलाई ट्रफी समेत वितरण गरिएको थियो । त्यस अवसरमा मुख्य प्रशिक्षक चिन्तामणि योगीले नैतिक र चरित्रवान हुन बालबालिकाहरूसँग आग्रह गरेका थिए । ड्यालसमा आयोजित यो शिविर सातौँ हो ।