१ कार्तिक २०८३, शनिबार

पोर्चुगलमा बाल कबिता तथा चित्रकला प्रतियोगिता सम्पन्न

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरत प्रधान

लिस्बन । २०४औं भानु जयन्तीको अवसर पारेर पोर्चुगलको राजधानी लिस्बनमा आइतबार बाल कबिता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल तथा नेपाली नारी समाज पोर्चुगलको संयुक्त आयोजनामा बाल कबिता तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा २६ जना नेपाली बालबालिकाहरूको सहभागिता रहेको थियो । जस अन्तर्गत कबिता प्रतियोगितातर्फ प्रगति सापकोटा प्रथम, कृति कँडेल द्वितीय, जस्टिना सुवेदी तृतीय र लाक्पा डोमा शैर्पा सान्त्वना हुन सफल भएका छन् ।

यस्तै दुई उमेर समूहमा बिभाजन गरेर प्रतिस्पर्धा गराईएको चित्रकला प्रतियोगिता अन्तर्गत ५ देखि १० वर्षमूनिका उमेर समूहमा सदीक्षा पौडेल प्रथम, प्रशान्त पौडेल द्वितीय र निर्जल पौडेल तृतीय हुन सफल भए । १० देखि १८ बर्ष उमेर समूहमा मानस्वी खराल प्रथम, लिसन कोइराला द्वितीय र वर्षा पौड्याल तृतीय हुन सफल भए ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल प्रतियोगीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पर्यटनदूत रमेश कुमार गुरुङले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष वाई बी गुरुङको अध्यक्षता तथा समाजका उपाध्यक्ष कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, नारी समाज पोर्चुगलकी अध्यक्ष सीता बराल, साहित्यकार सुनिल संगम, धु्रब घिमिरे, कमल सापकोटा, निर्मला खराल लगायतले बोलेका थिए ।

बालबालिकाहरुमा अन्र्तनिहीत प्रतिभालाई उजागर गर्न तथा नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा उनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको समाजका अध्यक्ष वाईबी गुरुङले जानकारी दिए ।

यसैबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले आफ्नो १८औँ श्रृखला रचना वाचन एवं साहित्यिक जमघट सम्पन्न गरेको छ । सो अवसरमा आधा दर्जन बढी साहित्यनुरागीहरुले गजल, कबिता र मुक्तक लगायतका साहित्यिक रचनाहरु बाचन गरेका थिए ।