८ कार्तिक २०८३, आइतबार

नेकपा माओवादीको महासचिवमा विप्लव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandदाङ, २७ पुस । नेकपा माओवादीको महासचिवमा नेत्रविक्रम चन्द  ‘विप्लव’  चयन हुनुभएको छ । दाङमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनले आयोजक समितिका संयोजक चन्दलाई महासचिव चयन गरेको हो ।  उहाँको नेतृत्वमा ६५ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ ।

राष्ट्रिय सम्मेलनले पार्टीमा स्थायी, पोलिटब्यूरो, केन्द्रीय, क्षेत्रीय व्यूरो र जिल्ला समिति रहने संरचना पारित गरेको नेताहरुले बताएका छन् ।  उक्त पार्टीले संभवत आइतबार नै स्थायी समिति र पोलिटब्यूरो चयन गर्ने छ ।

जानकारी अनुसार उक्त पार्टीले ५८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सातजना पछि थप गर्ने नेकपा माओवादीले जानकारी दिएको छ ।

७ सदस्यीय स्थायी समिति र २१ सदस्यीय पोलिटव्यूरो चयन गर्ने तयारी नेकपा माओवादीले गरेको छ ।