८ कार्तिक २०८३, आइतबार

बाबुराम भन्छन–सहमतिका लागि आशा जगाएको छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattaraiकाठमाडौँ, २७ पुस । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बिहीबारको बैठकमा समितिका सभापति डा बाबुराम भट्टराईले नयाँ संविधानका विवादित विषय सुल्झाउन भएका प्रयासबारे जानकारी भएको छ ।

बैठकमा सभापति भट्टराईले प्रतावित नयाँ संविधानका अन्तरवस्तुमा देखिएको विवादलाई सकारात्मक रुपमा लैजाने क्रममा शीर्ष नेताहरुबीच हालसम्म भएका वार्ताले सहमतिका लागि आशा जगाएको जानकारी गराउनुभएको थियो ।

बैठकपछि सभापति डा भट्टराईले हालसम्म भएको औपचारिक/अनौपचारिक वार्ताको विघटन र प्रगतिबारे बैठकलाई जानकारी गराएको बताउनुभयो ।  उहाँका अनुसार समितिको अर्को बैठक सोमबार दिनको ३ बजे बस्ने छ ।