३ कार्तिक २०८३, मंगलबार

सोमबार नै तोडिएला त गंगामायाको अनसन ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ असार । गोरखा फुजेलका ७८ वर्षीय छबिलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै गंगामाया अधिकारीको अनसन तोडाउने प्रयास सुरु भएको छ ।

रकारका तर्फबाट कानुनमन्त्री शेरबहादुर तामाङले मानवअधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतकासँग छलफल गरेर गंगामायाको अनसन तोडाउने तयारी गरेका छन् । सम्भवत सोमबार नै गंगामायालाई जुस पिलाएर अनसन तोडाइने छ ।

छोराका हत्यारालाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै उनी लामो समयदेखि आमरण अनसनमा थिइन् । गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ । गंगमायाका पति नन्दप्रसादको अनसनकै क्रममा मृत्यु भएको थियो ।

हत्याका मुख्य अभियुक्त भनिएका रुद्र आचार्य भने बेलायतमा लुकेर बसेका छन् । उनलाई प्रहरीले डिफ्युजन नोटिस जारी गरेको छ । गंगामायालाई प्रयोग गरेर सरकारविरुद्ध माहोल सिर्जना गर्ने प्रयास भइरहेको पुष्टि भएपछि यो प्रकरण अन्त्य गर्न प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्डकै तहमा छलफलपछि छविलाललाई अदालतमा उपस्थित गराइएको बताइन्छ ।

उमेरले ७८ पुगेका र विभिन्न रोगबाट ग्रसित छविलाल केही दिनअघि मात्रै आँखाको शल्यक्रिया गरेर काठमाडौंमा बसिरहेका थिए । उनलाई परिवार र तत्कालीन माओवादी नेताहरुमार्फत् कुरा गरेर अदालतमा आत्मसमर्पण गराइएको जनाएको छ । ०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए ।