२९ आश्विन २०८३, बिहिबार

दूधको मूल्य वृद्धिबारे कृषि मन्त्रीसँग समितिले स्पष्टीकरण सोध्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hariprasad-parajuli1काठमाडौँ, २७ पुस । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानव अधिकार समितिले अत्यावश्यक उपभोग्य वस्तु दूधको मूल्य वृद्धिबारे स्पष्टीकरण दिन कृषि मन्त्रीलाई बोलाउने निर्णय गरेको छ ।

आज बसेको समितिको बैठकमा सभासद्ले एकैपटक अत्यधिक रुपमा दूधको मूल्य वृद्धि गर्दा जनता महँगीको मारमा परेको धारणा राखेपछि कृषि मन्त्रीलाई बोलाउने निर्णय गरिएको समितिका सभापति सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लोपटक दूधमा प्रतिलिटर रु १० वृद्धि गरिएपनि सो रकम बिचौलियाका कारण कृषकले पनि नपाउने र उपभोक्ता पनि महँगीमा पर्ने भएपछि समितिमा यस विषयमा छलफल भएको हो ।

त्यसैगरी, बैठकमा सभासद्हरुले वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन र मानव तस्कर भइरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि सरकारलाई ठोस निर्देशन दिन पनि माग गरेका थिए ।