१ कार्तिक २०८३, शनिबार

बेलायतमा समकालीन काव्य यात्रा’को दोस्रो श्रृंखला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बेलायत, २५ असार । बेलायतको ब्राक्नेल सहरमा समकालीन दोस्रो ‘काव्य यात्रा’ भव्यताका साथ सम्पन्न भएको छ । समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त ‘काव्य यात्रा’को दोस्रो श्रृंखलामा विभिन्न कविहरुले कविता र मुक्तक सुनाएका थिए ।

आयोजक संस्था समकालीन साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्ण बजगाईंले नेपाली डायोस्पोराका दोस्रो पुस्तामा समेत नेपाली भाषा र साहित्य पुर्याउन यस्ता काव्य यात्राले सहयोग पुग्ने बताए । काव्य यात्राको तेस्रो श्रृंखला बेलायतको अर्को सहरमा चाँडै आयोजना गरिने र काव्य यात्रामा वाचित कविताहरुको संग्रह प्रकाशनमा ल्याइने उनले बताए ।

साहित्यकार विजय सापकोटाले साहित्य सम्बन्धी अनुभव र शिप नेपाली समुदायमा प्रतिष्ठानले बाँड्नु पर्ने बताए । दोस्रो काव्य यात्राका संयोजक विनोद अधिकारीले साहित्यका माध्यमले बेलायतका विभिन्न सहरमा रहेका नेपाली साहित्यप्रेमीहरु एकै ठाउँमा भेला हुन पाउने अवसर जुराएकोमा खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा लन्डन, रेडिङ र ब्राक्नेल सहरबाट आएका कविहरु विनोद अधिकारी, विद्या पहारी सापकोटा, लक्ष्मी पौडेल, ओमकार अधिकारी, महेश आचार्य, निर्मला न्यौपाने, संजु बजगाईं, अभियान घिमिरे, एलेक्स सापकोटा, शुभ अधिकारी, सुयश बजगाईं, पोमलाल सापकोटा, विशाल पहारी, अंजु आचार्य, विजय सापकोटा र कृष्ण बजगाईंले कविता र मुक्तक वाचन गरेका थिए ।