३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलमा सहभागी हुने राष्ट्रको संख्या बढाउन फिफा सकारात्मक

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २५ असार । रुसमा जारी २१औं विश्वकपको सेमिफाइनल सेमीकरण सकिएको छ । आयोजक रुस विश्वकपको समापन समारोहलाई सफलतापूर्वक सम्पन्न गर्ने अभियानमा पनि जुटिसकेको छ ।

यसैक्रममा क्रममा सन् २०२२ मा कतारमा आयोजना हुने २२औं विश्वकपको तयारी र सहभागी टोलीको विषयमा गन्थन र बहस फेरि सुरु भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले कतार विश्वकपमै सहभागी संख्या बढाएर ३२ बाट ४८ बनाउन सकिने संकेत दिएको छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतारले व्यवस्थापन गर्न सके सहभागी टोलीको संख्याको विषयमा खुला रूपमा छलफल गर्न सकिने बताए ।

फिफाको धारणाप्रति कतारका अधिकारी पनि सकारात्मक देखिएका छन् । मस्कोको ग्लोली पार्कमा शनिबार भएको छलफलमा नसिरले ४८ टोली बनाउँदा कतार र फुटबललाई हानि हुन नहुने धारणा पनि राखेका थिए । एजेन्सी