२९ आश्विन २०८३, बिहिबार

तीन करोडको लगानीमा निजी अस्पताल स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २७ पुस । शुक्लागण्डकी नगरपालिका वडा नं ३ दुलेगौंडा बजारमा रु तीन करोड लगानीमा निजी अस्पताल स्थापना गरिएको छ ।

कास्कीस्थित सेवा अस्पताल र शुक्लागण्डकी क्षेत्रका जनताको लगानीमा उक्त अस्पताल स्थापना गरिएको अस्पतालका अध्यक्ष हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

अस्पताल स्थापनाका क्रममा अहिलेसम्म रु दुई करोड ८५ लाख ६५ हजार लगानी भइसकेको छ ।  पच्चीस शय्याको सुविधा सम्पन्न सो अस्पतालमा चौबीसै घन्टा आकस्मिक सेवा प्रदान गरिने छ । अध्यक्ष खड्काले भन्नुभयो, “सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल स्थापना गरेका हौँ ।”

उक्त अस्पतालमा पेट, छाती तथा मुटुरोग, बालरोग, हाडजोर्नी, स्त्री तथा प्रसूति सेवा, छाला तथा यौन रोगलगायतका सेवा दिइने छ । भविष्यमा २५ शय्याबाट ५० शय्याको क्षमतामा वृद्धि गर्ने लक्ष्य रहेको सञ्चालक डा पदमबहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त अस्पताल निजी लगानीबाट जिल्लामा स्थापना गरिएको पहिलो भएको बताइएको छ । रासस