देबीजंग तमु
दोहा । तमु प्ये ल्हु संघ कतारको आयोजनामा आयोजित ल्हु ल्होसार एबम संघको उद्घाटन शुक्रबार कतारको दोहामा भब्य रुपले सम्पन्न भएको छ छ ।
तमुहरुको महान चाड ल्हु ल्होसारको अबसारमा संघले दोहामा पहिलोपटक आयोजित कार्यक्रममा कतारमा रहेका तमुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा संघले नेपालबाट आमन्त्रण गर्नुभएका अथितिहरुमध्य प्रमुख अथिति युवा पच्यु पैडी एवं मानवशास्त्रका विद्यार्थी पोलबहादुर क्रोम्छे तमुले तमु प्ये ल्हु संघ र तमु मौलिक प्ये ता ल्हु ता सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
हालै स्थापित संघले ऐतिहासिक रुपमै नेपालबाट तीन जना व्यक्तिहरुलाई आमन्त्रण गरि सम्पन्न गरेको कार्यक्रममा प्रमुख अथितिबाट कार्यपत्र प्रस्तुतसंगै संघको सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
साथै तमुहरुका मौलिक सस्कार सस्कृति झल्किने गरि सेते पच्यु तमुले पच्यु शास्त्रीय नृत्य र नबिन टु तमुले ल्हेब्री शास्त्रीय नृत्य प्रस्तुत गर्नुभएको थियो ।
बिदेशमा रहेर पनि आफ्नो मौलिक प्ये ता ल्हु ता संरक्षन गर्ने उदेश्यले स्थापित कतार शाखाले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले कार्यपत्र र तमु मौलिक सम्बन्धि प्रश्नहरु सोधेका थिए । 
स्थापनाकालमै एतिहासिक कार्यक्रम गर्न सफल कतार शाखाले ल्हु ल्हुसार र संघलाई सहयोग गर्ने ब्यक्तिहरुलाई सम्मान पत्र र फेटा लगाई सम्मान गरेको थियो ।
शाखाका अध्यक्ष युद्धजंग पहच्यु तमुको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिब शान पहच्यु तमु , प्रमुख सल्लाहकार चन्द्र प्रकाश ल्हेगे तमु , तमु समाज कतारका सल्लाहकार संरक्षक बिल तमु , तमु प्ये ल्हु संघका परम संरक्षक हरि माया ल्हेगे तमु , एन आर एन अन्तराष्ट्रिय सदस्य अमृत तमु र संघका सदस्य फलेन्द्र थिम्चे तमु लगायतले संघलाई शुभकामना ब्यक्त गर्नुभएको थियो ।














प्रतिक्रिया