काठमाडौँ, २३ असार । इङ्ल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको शनिबारको खेलमा इङ्ल्याण्डले स्वीडेनविरुद्ध जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।
इङ्ल्याण्डले स्वीडेनलाई २-० गोल अन्तरले हराएको छ । सन् १९९० पछि इङ्ल्याण्ड पुनः विश्वकपको सेमिफाइनल पुगेको छ । इङ्ल्याण्डका ह्यारी मेग्वाएरले खेलको ३० औँ मिनेटमा हेडमार्फत गोल गर्दै इङ्ल्याण्डलाई सुरुवाति अग्रता दिलाएका थिए । दोस्रो हाफमा जेसे लिन्डगार्डको पासमा डेली अलीले गोल गर्दै इङ्ल्याण्डको अग्रता दोब्बर बनाएका थिए ।
स्वीडेनका प्रहारहरु इङ्ल्याण्डका किपरले उत्कृष्ट बचाउ गरेपछि इङ्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । इङल्याण्डले सेमिफाइनलमा आयोजक रुस र क्रोएसियाबीच हुने खेलको विजेतासँग भिड्नेछ ।















प्रतिक्रिया