
काठमाडौँ, २० असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को सचिवालय बैठक सकिएको छ । सचिवालय बैठकले भोली स्थायी समिति बैठक बोलाउनले निर्णय गरेको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोली ३ बजे प्रधानमन्त्री निवास बालुवाटामार स्थायी समिति बैठक बोलाइएको छ । आज बिहान बालुवाटारमै बसेको केन्द्रीय सचिवालयको बैठकले भोलि हुने बैठकको विषयमा छलफल समेत गरेको छ ।
प्रवक्ता श्रेष्ठले स्थायी समितिको बैठकको कार्यसूची तयार गर्न आजको बैठक बोलाइएको बताए । उनका अनुसार भोलिको स्थायी समितिको बैठकमा दुबै अध्यक्षहरुले रिपोर्टिङ गर्नेछन् ।
प्रधामन्त्रीको चीन भ्रमण, वर्तमान राजनीतिक परिस्थिति र सरकारका काम कारबाहीहरुको सम्बन्धमा र पार्टीको सांगठनिक एकताका सम्बन्धमा समेत स्थायी समितिमा छलफल हुनेछ ।
पार्टीको कार्यदलले मस्यौदा गरेको विधान सम्बन्धी नियमावलीको सम्बन्धमा छलफल गरेर पार्टी स्थायी समितिले सुझाव दिने कामपनि गर्नेछ ।















प्रतिक्रिया