३ कार्तिक २०८३, मंगलबार

सट्टेबाजीको नेपाली ‘कोब्रा’, नाम नागराज !

27k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । विभिन्न खेलमा सट्टेबाजीको धन्दा चलाएर नेपाल र भारतमा सम्पत्ति जोडेको नागराज भनिने नथमल अग्रवाललाई महानगरीय अपराध महाशाखाले सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा चलाएको छ ।

सट्टेबाजीको नेपाली कोब्रा अग्रवाललाई महाशाखाले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा मंगलबार पेस गरेको छ । संगठित रूपमा नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका भारतीय नागरिक अग्रवाललाई गएको साता पानीपोखरीबाट प्रहरीले पक्राउ गरेको थियो ।

इण्डियन प्रिमियर लिग(आईपिल) तथा अहिले रसियामा जारी विश्वकप फुटबललगायतका खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराजलाई नेपाल प्रहरीले तिन बर्षदेखि खोजीको सूचीमा राखेको थियो ।

अनुसन्धानको क्रममा उनको नागरिकता जनकपुरको भएको र नाम नथमल भएको महाशाखाले बताएको छ । प्रहरीले खोजिको सूचीमा राखेदेखि नै नागराज कहिले भारतको गोवा, मुम्बई, बैंग्लोर तथा कोलम्बिया, थाईल्याण्ड, अमेरिकामा बसेर नै धन्दा चलाउँदै आएका थिए । उनको सुरुको पार्टनर रमेश अयोग्य, गौरव तिवारी लगायत थिए । तर पैसामा हिसाबकिताब नमिल्दा उनिहरूको पार्टनरसिप टुटेको थियो । अहिले अयोग्य र तिवारीले छुट्टै एकाउण्ट लिएर सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् ।

गएको आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी नागराज फरार भएका थिए । महाशाखाका अनुसार नागराजले राकेश सिंहलगायतका आधा दर्जन व्यक्तिहरूबाट उक्त परिमाण रकम उठाई फरार थिए ।

उनी गोवाबाट काठमाडौं आएका थिए । नेपालमा व्यापार व्यवसायी केही नभएका नागराजले सट्टेबाजीको धन्दा चलाएकै भरमा २० करोड बराबरको देखिने सम्पत्ती  छ ।

विभिन्न ठाउँका युवतीलाई जागिर लगाइदिने लगायतका प्रलोभनमा रासलिलामा पनि लिप्त हुने नागराजले महाराजगञ्ज बाँसबारीमा एक रोपनी जग्गामा फैलिएको घर, बालुवाटार प्रधानन्यायधीश क्वार्टर नजिक ८ आना घडेरी, नारायाणथान पार्कभिलेज नजिक तीन रोपनी जग्गा र पानीपोखरीको अपार्टमेन्टको आजको दिनको बिक्री मूल्य २० करोड बराबरको हुन आउँछ । तीन साता अगाडीसट्टेबाजीको आरोपमा नागराजका केही सदस्यलाई काठमाडौं परिसरले पक्राउ गरेको थियो ।

पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, नागराजका खास सहयोगी गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाललाई प्रहरीले पक्राउ गरेको थियो ।