३ कार्तिक २०८३, मंगलबार

मेक्सिकोलाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १८ असार । पाँच पटकको विश्वविजेता ब्राजिल २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि नेइमारले ५१ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा उनकै पासमा सब्सिच्युट फर्मिनोले गोल गरे ।

अब ब्राजिलले क्वार्टफाइनलमा जापान वा बेल्जियममध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।