३ कार्तिक २०८३, मंगलबार

नारायणगढ–मुग्लिन सडक आज नखुल्ने, आयोजनाको यात्रुलाई यस्तो अनुरोध

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


चितवन, १८ असार । अविरल वर्षाका कारण आएको पहिरोले अबरुद्ध नारायण–मुग्लिन सडकखण्ड आज सञ्चालनमा नआउने भएको छ ।

सडकखण्ड अन्तर्गत तोपेखोलामा दिउँसो ११ बजेदेखि पहिरो खसिरहेकोले सडक दुईतर्फी रुपमा नै अबरुद्ध रहेको छ । पहिरोका कारण सवारी साधन र यात्रु अलपत्र परेका छन् ।

तोपेखोलासंगै जलविरे, भालुढुङा लगायतका ३ स्थानमा पहिरोले सडक अवरुद्ध बनेको छ ।

दिनभर वर्षा भएको र अहिले पनि सानो पानी परिरहेको कारण सडक खुलाउन समस्या भएको नारायण–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । ‘अझै बाटो खुलाउन कम्तीमा ७/८ घण्टा लाग्ने अनुमान छ, त्यो भन्दा चाँडो खुल्ने शंभावना न्यून छ ।’

पहिरो गएपछि बीच बाटोमा नै अलपत्र परेका यात्रुहरुलाई सुरक्षित स्थानमा जान आयोजनाले अपिल गरेको छ ।

सूचना अधिकारी खनालका अनुसार नारायणगढतिरबाट गएका यात्रुलाई नारायणगढतर्फ नै र मुग्लिनबाट गएका यात्रुलाई मुग्लिन तर्फ नै फर्कन आग्रह गरिएको छ ।