काठमाडौँ , २६ पुस । युवा संघ नेपालकी कार्यबाहक अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सदस्य निरुदेवी पाल भारतको मेदान्त अस्पातालमा उपचार गरि शुक्रबार बेलुका स्वदेश फर्किनु भएको छ ।
अचानक छातीमा समस्या देखिएपछि पाललाई गत पुस १२ गते वीर अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो । छातीको संक्रमण कारण झन जटिल बन्दै गएपछि उहाँलाई थप उपचारका लागि गत पुस २२ गते भारतको मेदान्त अस्पतालमा लगिएको थियो ।
उहाँको स्वास्थ्य पुर्णमा सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई केही समय आराम गर्न चिकित्सकहरुले सुझाव दिएको युवा संघका प्रवत्ता प्रभात बिक्रम कटुवालले जानकारी दिनुभयो ।















प्रतिक्रिया