
काठमाडौं, १६ असार । प्राध्यापक डा. गोविन्द केसीले जिल्ला प्रहरी कार्यालय जुम्लामै अनसन शुरु गरेका छन् ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्ने घोषणा गरेका थिए । तर स्थानीय प्रशासनले शुक्रबार प्रतिष्ठान र आसपासलाई निषेधित क्षेत्र घोषणा गर्दै अनसन बस्न दिएन ।
निषेधित क्षेत्र तोड्दै अनसन बस्न खोजेपछि डा. केसीलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो । त्यसपछि डा. केसीले प्रहरी हिरासतमै आमरण अनसन थालेका हुन ।
डा केसीले चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।















प्रतिक्रिया