१ कार्तिक २०८३, शनिबार

अनलाईन मुक्तक प्रतियोगितामा दाङका कपिल मणि प्रथम

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कोरिया, १६ असार । नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले आयोजना गरेको विश्वव्यापी अनलाईन मुक्तक प्रतियोगितामा दाङका कपिल मणि प्रथम भएका छन् ।

सार्वजनिक नजिता अनुसार रुकुमका जिएम दिपु दिपेन्द्र द्वितिय, भोजपुरकी सुनिता सापकोटा तृतीय र डडेल्धुराका तरल तेज शान्त्वना भएका छन् ।

प्रतियोगितामा ३ सय ८७ जनाले तोकिएको शिर्षक देशप्रेम, माया प्रेम र विकृति विसङ्गतीमा एक÷एक गरी ३ वटा मुक्तकका दरले एक हजार एक सय ६१ मुक्तक पाठएका थिए ।

प्रतियोगिताको प्रमुख निर्णायकमा प्राज्ञ तथा वरिष्ठ मुक्तककार वियोगी बुढाथोकी र नेपाल मुक्तक प्रतिष्ठानका महासचिव वरिष्ठ मुक्तककार रमेश पौडेल थिए ।

विजयी भएका मुक्तककारहरुलाई केहि समयभित्रै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले दश हजार, द्वितिय हुनेले आठ हजार, तृतीय हुनेले पाँच हजार र सान्त्वना हुनेले तीन हजार सहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो प्रतियोगिताले नेपाली मुक्तकको विकास र उत्थानमा महत्वपूर्ण टेवा पु¥याउने अध्यक्ष शर्माको विश्वास छ ।