
काठमाडौं, १६ असार । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा जारी गर्नुपर्ने माग राख्दै अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी शनिबार दिउँसो पक्राउ परेका छन् ।
निशेधित क्षेत्र तोडेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार दिउँसो २ बजेदेखि अनसन बस्ने उनको तयारी थियो ।
शुक्रबारनै स्थानीय प्रशासनले प्रतिष्ठान र वरिपरि निषेधित क्षेत्र घोषणा गरेको थियो । डा. केसीले भने प्रतिष्ठानमै अनसन बस्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो । अहिले डा. केसीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
पक्राउपछि भने डा. केसीले हिरासतबाटै अनसन सुरु गर्ने अडान लिएका छन् ।















प्रतिक्रिया