
-विनोद ढकाल
अंग्रेजीमा एउटा भनाई छ– अ स्ट्रोङ्गर प्रिजेन्स इज सो अफन एन अव्सेन्स । अर्थात् एउटा शक्तिशाली उपस्थिति प्रायः अनुपस्थिति उस्तै देखिन्छ । नेपाली राजनीतिमा पनि केही दिनयता यस्तै देखिएको छ । पत्नी सीता दाहालको स्वास्थ्य उपचारका लागि केहीदिनदेखि सिंगापुरमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक अनुपस्थितिले उपर्युक्त भनाइ सार्थकजस्तै देखिएको छ ।
राजनीतिमा पनि गति र लय अनौठो सम्बन्ध एउटा जिम्मेबार व्यक्तिको उपस्थिति र अनुपस्थितिसँग रहने गर्दो रहेछ भन्ने भान गराएको छ । संगीतमा गीत र लयको तालमेल मिलेन भने त्यो सुन्दर नसुनिने जस्तै नेपाली राजनीतिको स्थिर यात्राका क्रममा जिम्मेबार व्यक्ति देश बाहिर रहँदा यस्तै संयोग देखा पर्ने रहेछ । प्रचण्डको झन्डै दोस्रो सातासम्म नेपाली राजनीतिको केन्द्रविन्दुको अनुपस्थितिले न सरकार गतिमा छ न पार्टी चलायमान देखिन्छ ।
व्यवस्थालाई उल्टाउने नेतृत्वसँगै नेपालमा कम्युनिस्ट दुई तिहाई बहुमतको सरकार बनाउनका लागि देखाएका तरङ्गका छालहरूको छायाँ उनको प्रत्यक्ष उपस्थितिबिना अर्थपूर्ण देखिएनन् । अर्थात्, प्रचण्ड ‘अव्सेन्स’ गैरतरङ्गीत छ
अझ पार्टी एकीकरणपछि उनको अनुपस्थितिमै काम गर्न सक्ने आधार तयार भए पनि प्रचण्डबिनाको पार्टी वा उनको सल्लाहबिनाको सरकार त्यति चलायमान देखिएन । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कतिपय बैठक डाक्न सकेका छैनन् भने सरकारका महत्वपूर्ण निर्णय गर्न प्रचण्डलाई पर्खिरहेका छन् । सामान्य औपचारिक कामबाहेक दिर्घकालिन परिवर्तनका निर्णय सातादिनमा केही हुन सकेको देखिँदैन ।
यस अर्थमा भन्नुपर्छ– स्थिर मुलुकको नेतृत्वको केन्द्रविन्दुमा पनि प्रचण्डको ‘अव्सेन्स’को मूल्य उनको ‘प्रिजेन्स’को महत्वभन्दा धेरै छ ।
नेपाली राज्यव्यवस्थाविरुद्धको आन्दोलनदेखि शान्ति प्रक्रिया स्थापनासम्म मात्र होइन अबको मुलुकको मार्गचित्रका लागि पनि उनको दैनिक राजनीतिक सक्रियताको खाँचो देखिएको छ । व्यवस्थालाई उल्टाउने नेतृत्वसँगै नेपालमा कम्युनिस्ट दुई तिहाई बहुमतको सरकार बनाउनका लागि देखाएका तरङ्गका छालहरूको छायाँ उनको प्रत्यक्ष उपस्थितिबिना अर्थपूर्ण देखिएनन् । अर्थात्, प्रचण्ड ‘अव्सेन्स’ गैरतरङ्गीत छ ।
नेपाली राजनीतिमा अक्सर यस्तो हुन सकेको छैन । एकाध व्यक्तिको राजनीतिक जीवनको मूल्यको महत्व नै त्यसरी बन्ने गरेको छ । ०३६ सालको विद्यार्थी आन्दोलनपछि जनताका नेता मदन भण्डारीले बनाएको प्रभावकारी राजनीतिक विन्दुको यात्रा, क्रमश : प्रचण्डको नेतृत्वमा नै अघि बढेको देखिन्छ । त्यसैले उनले शान्ति प्रक्रियाका सुरुआती दिनमा भन्ने गरेका थिए– मलाई मदन भण्डारी बनाउने कोशिश पनि भइरहेको छ । वास्तवमा नेपालको मुहार फेर्ने सवालमा जसले ठूला र भयानक आवाज उठाएका छन्, उसको महत्वलाई धेरै पक्षबाट आक्रमण हुने गरेका छन् । प्रचण्डलाई पनि नभएका होइनन् । आरोह र अवरोहको यात्राले मात्र होइन, कुनै शक्तिसँग झुकाव नराखेका कारणले पनि उनको प्रिजेन्स र अव्सेन्सले महत्व राखेको छ ।
विद्रोहको ज्वारभाटाको नेतृत्व गर्दै त्यसको उचित र समयानुकुल व्यवस्थापनसहित शान्ति प्रक्रियाको माध्यममात्र होइन, त्यसको उपयोगमा व्यवस्था परिवर्तनको हिम्मतले नै प्रचण्डको राजनीतिक उचाईको मुल्यांकन गरिसकेको थियो । त्यसैले पहिलो पटक प्रधानमन्त्री निर्वाचित भएर चीन जाँदा उनलाई तत्कालिन चिनियाँ राष्ट्राध्यक्ष हु जिन ताओले दिएको महत्वको अवमुल्यन गर्न हुँदैन । त्यतिमात्र होइन, प्रधानमन्त्रीको दोस्रो कार्यकालमा विश्वको महाशक्ति भएर उदाएका चीनका राष्ट्राध्यक्ष सी जीन पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक ठाउँमा राखेर नेपालको महत्वका विषयमा कुराकानी गर्न सक्नुले पनि राजनीतिक महत्वलाई प्रस्ट पारेको थियो ।
शान्ति प्रक्रियाको एउटा विन्दु पार नहुँदै तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाको अनुपस्थितिमा स्थिर यात्रामा देश लाग्नका लागि जति समय लाग्यो, स्थिर यात्राको प्रस्थानविन्दुका केही महिनामा प्रचण्ड देश बाहिर रहँदाका केही दिनमात्र पनि चलायमान, निर्णायक र ठोस उपलब्धिबिनाको जस्तो देखिएको छ । यसकारण प्रचण्डले देखेको मुलुक रूपान्तरको सपना उनको गतिशिलतासँगको सम्बन्धमा नै अडिएको जस्तो देखिन्छ ।
एउटा ठूलो पहाड चढिसकेपछि मात्र थाहा हुन्छ अब धेरै पहाडहरू पार गर्नुछ । हो, प्रचण्डको महत्वको कारक पनि यहि हो । शान्ति प्रक्रियाको एउटा ठूलो पहाडलाई पार गरेपछि उनी निर्वाचन, कम्युनिस्ट ध्रुवीकरण, बहुमतको सरकार बनाउनेजस्ता पहाडलाई पार गर्न सफल भए । अब, स्थिर मुलुक र विकासको सपना पार गर्ने पहाड उनको सामु भएकाले पनि ‘अव्सेन्स’ले राजनीति शून्य, खाली र केही नभएजस्तो देखिन्छ
करिब ३ दशकदेखि नै प्रचण्ड एक संस्थाका रूपमा मुलुक रुपान्तरणका लागि उभिएको प्रमाण उनको दुई साताको राजनीतिक अनुपस्थित र दौडधुप नहुनुले प्रस्ट पारेको छ । सरकारका महत्वपूर्ण काममा प्रधानमन्त्री केपी शर्मा ओलीले खास निर्णय गर्न सकेका छैनन् भने पार्टीको एजेन्डा त के बैठकसम्म हुन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टीको एक महत्वपूर्ण पिल्लर त हुन् नै उनको संकेतका आधारमै राष्ट्रिय राजनीतिमा सहमति र सहजीकरणको ठूलो अभ्यास हुने गरेको पुष्टि पनि हुन्छ ।
एउटा युगलाई परिवर्तन गर्दै विश्व राजनीतिमा फरक स्थान बनाएका दक्षिण अफ्रिकन नेता नेल्सन मण्डेलाले भनेका छन्– एउटा ठूलो पहाड चढिसकेपछि मात्र थाहा हुन्छ अब धेरै पहाडहरू पार गर्नुछ । हो, प्रचण्डको महत्वको कारक पनि यहि हो । शान्ति प्रक्रियाको एउटा ठूलो पहाडलाई पार गरेपछि उनी निर्वाचन, कम्युनिस्ट ध्रुवीकरण, बहुमतको सरकार बनाउनेजस्ता पहाडलाई पार गर्न सफल भए । अब, स्थिर मुलुक र विकासको सपना पार गर्ने पहाड उनको सामु भएकाले पनि ‘अव्सेन्स’ले राजनीति शून्य, खाली र केही नभएजस्तो देखिन्छ । विज्ञानले पनि पुस्टि गरेको छ शून्यतामा स्थिरता हुँदैन । कतै उडिरहेको छ हुन्छ त्यहाँ ‘ग्राभेटी’ हुँदैन । त्यहाँ कुनै चिजको लय र दिशाको यकिन गर्न कठिन हुन्छ । केही दिनदेखि नेपाली राजनीति यस्तै देखिएको छ । एक अर्थमा भन्ने हो भने त नेपाल कम्युनिस्ट पार्टीको एउटा तप्का रानोबिनाको मौरी जस्तो पनि देखिएको छ, दिशाबिहीन, निर्णयबिहीन ।
प्रचण्ड केही दिनपछि पत्नी सीताको सफल उपचार गराएर फर्किनेछन् । उनलाई पनि आफ्नो अनुपस्थितिमा मुलुकको राजनीतिले गति नपाएको विषय राम्रोसँग हेक्का छ । पत्नीको स्वास्थ्य राम्रो भए उनकै व्यक्तिगत जीवनमा देखिने गतिले मात्र राजनीतिगतिका लागि उनी मनोवैज्ञानिक रूपमा अघि बढ्न सक्छन् । त्यसले हौसला मिल्छ, उर्जा दिन्छ । व्यक्तिगत जीवनमा पीडा र भावनाका कठिन यात्राहरू छिचोल्दै मुलुकमा आशाको दियो बाल्नका लागि गरेका संघर्षहरूको परिणामलाई पनि प्रभावकारी बनाउन प्रचण्डको गति सीताको स्वास्थ्यसँग यसै जोडिन्छ, अनन्तकालसम्म । जीवनका ५० बर्षसम्म गरेका अनेक संघर्षमा साथ दिएकी सीताको स्वास्थ्यका लागि उनले जुन समय निकालेका छन् त्यो भन्दा बेहत्तर समय र निर्णयको सोचमा प्रचण्ड लीन भइरहेका हुन सक्छन् । अतः आगामी राष्ट्रिय राजनीतिको मार्गका लागि पनि प्रचण्डको गतिशील राजनीतिको खाँचो र अनिवार्यता यसै देखिन्छ ।
विश्व कम्युनिस्ट राजनीतिमा प्रचण्डपथको फरक व्याख्या भइरहेको पनि छ । उनका हरेक राजनीतिक उतारचढाव र नीतिले प्रभाव पारिरहेको पनि छ । अनुकुलतामा भन्दा प्रतिकुलतामा बढि सक्रिय हुने उनको यात्रा पनि विश्व कम्युनिस्ट राजनीतिका महान् व्यक्ति चे ग्वोभाराको ‘जीतको उत्सवमा होइन त्यसपछिका चुनौतिमा बाँच्न सिक्नुपर्छ’ भनाई जस्तै छ । प्रचण्डले युद्ध जिते, शान्ति प्रक्रिया जिते, निर्वाचन जिते, बहुमतको सरकार बनाएर जिते तर आगामी चुनौतिलाई पार लगाउने यात्रामा उनी कटिबद्ध नै देखिएका छन् । उनको पनि देशको जस्तै सपना छ– समृद्ध नेपाल, सुखी नेपाली ।















प्रतिक्रिया