२८ आश्विन २०८३, बुधबार

ब्लु फिल्मले ज्यानै लिनसक्छ…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex

तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ ।

 अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ ।

यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।