३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबल : आज लिग चरणका खेल सकिदै

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ असार । विश्वकप फुटबलमा बिहीबार लिग चरणका खेल सकिदैछन् । समूह जी र एच. का चार खेल भएपछि समूह चरणबाट राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै १६ टोलीको टुंगो लाग्नेछ ।

आज साँझ समूह एच का दुई खेल हुनेछन् । भोल्गोग्राद एरिनामा जापान र पोल्यान्ड भिड्दा सामरा एरिनामा सेनेगलले कोलम्बियासँग खेल्नेछ । यो समूहका सुरुवाती दुई खेलबाट ४ अंक जोडेको जापान शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको सेनेगलको पनि ४ अंक नै छ ।

३ अंक जोडेको कोलम्बिया पनि अर्को चरणमा उक्लिने होडमा छ । पोल्यान्ड भने बाहिरिइसकेको छ । अर्को चरणमा पुग्न जापान र सेनेगलका लागि बराबरी गरे पुग्छ भने कोलम्बियालाई जित्नैपर्ने दबाब छ ।

आज नै समूह जी का दुई खेल हुनेछन् । कालिनिन्ग्राद रंगशालामा बेल्जियम र इङ्ल्यान्ड भिड्दा मोरदोभिया एरिनामा ट्युनिसियाले पानामाको सामना गर्नेछ । समूहबाट बेल्जियम र इङ्ल्यान्ड अर्को चरणमा प्रवेश गरिसकेका छन् । दुई टोलीबीच हुने भिडन्तले समूह विजेताको टुंगो लगाउनेछ ।