१ कार्तिक २०८३, शनिबार

अष्ट्रेलियामा ‘नेपाल–अष्ट्रेलिया विजनेस फोरम – २०१८’ आयोजना हुँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अष्ट्रेलिया, १४ साउन । नेपाल र अष्ट्रेलियाबीच लगानी, व्यापार र साझेदारी बढाउनका लागि अष्ट्रेलियाको नेपाली समुदायमा पहिलो पटक नेपाली दूतावास क्यानबेरा र नेपाली अवैतनिक महावाणिज्यदतू कार्यालय भिक्टोरियाको संयुक्त आयोजनामा ‘नेपाल अष्ट्रेलिया विजनेस फोरम २०१८’ आयोजना हुँदैछ ।

आगामी जुन ३० तारिख शनिबारको दिन मेलबर्न प्रेस्टनस्थित मन्त्र होटलमा यस कार्यक्रमको आयोजना हुन लागेको हो । बिहान ९ बजेदेखी सुरु हुने यस कार्यक्रमलाई तीन भागमा विभाजन गरिएको छ ।

मध्यान्ह १२ बजेदेखी साँझ ६ बजेसम्म चल्ने कार्यक्रममा नेपाल र अष्ट्रेलियाबीचको व्यापार, नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवसर, अष्ट्रेलियामा आयात गर्न सकिने वस्तुहरुको पहिचान लगायतका विषयमा वक्ताहरुले मन्थन गर्नेछन् । त्यस्तै साँझ सांस्कृति प्रस्तुती तथा झलकहरु देखाउनुका साथै झाँकी र राफल चिठ्ठाको पनि आयोजना गरिएको छ । कार्यक्रममा मिथिला चित्रकला साथसाथै नेपाली परिवेशको अन्य विभिन्न आकर्षणहरुको चित्र र वाजागाँजाको प्रदर्शनी गरिनेछ ।

कार्यक्रममा सहभागी हुन नेपालको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी शुक्रबार यहाँ आउनेछन् । यस्तै भिक्टोरियाका अर्थमन्त्री रविन स्कट, लेजिस्लेटिभ काउन्सिलका सभापति ब्रुस अटकिन्सन, बैदेशिक सम्बन्ध हेर्ने डीफ्याटकी निर्देशक फियोना म्यकग्रा, एनआरएनए, आईसीसी अध्यक्ष भवन भटट्, नेपाली मूलक अष्ट्रेलियाकै ८१ औं धनी शेष घले, अमेरिकी महावाणिज्यदूत फ्रंयांकी रिडसहित सयभन्दा बढी अष्ट्रेलियन व्यवसायी र लगानीकर्ताहरु सहभागी हुने टुंगो लागिसकेको छ ।

यसैगरी कार्यक्रममा अष्ट्रेलियन अन्य सरकारी अधिकारीहरु, राजनितिक नेतागण, विभिन्न देशका महावाणिज्यदूत, काउन्सिलका पदाधिकारीहरु, ट्राभल एजेन्ट र टुुर अपरेटरका भिक्टोरियाको नेपाली समुदायका अगुवाहरु साथै स्थानीय सञ्चारमाध्यमको समेत सहभागीता रहनेछ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपालमा स्थीत सरकार आएको समयमा वैदेशिक लगानीका अभिवृद्धिका लागि कार्यक्रम महत्वपूर्ण सावित हुने बताए । राजदूूत शेर्पाले भने ‘हामीले नेपाल विजनेस काउन्सिल निर्माण गर्ने तयारीको रुपमा यसलाई लिएका छौं । नेपाल सरकारले भनेको सम्बृद्ध नेपाल, खुशी नेपालीको नारालाई नै सहयोग गर्न चाहेको र अष्ट्रेलियामा रहेका नेपाली व्यवसायीहरुले नेपालमा संयुक्त लगानी गर्न चाहेको अवस्थामा पनि संयोजन गर्न तयार छौं ।’

भिक्टोरियाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले नेपाल र अष्ट्रेलियाबीच सम्बन्ध स्थापनाको ५८ वर्ष वितिसक्दा पनि अष्ट्रेलियामा गार्मेन्ट सहित केही थोरै मात्र सामग्रीहरु निर्यात गरेको तर अष्ट्रेलियाबाट नेपालले पेयपदार्थ, हवाई उड्डयानका सामग्री लगायत आयात गर्दै आएकोले अब भने दुई देशबीचको आर्थिक कुटनीति विकासमा पहल गर्नुपर्ने र यस विजनेस फोरम यस लक्ष्यको लागि कोशेढुंगा सावित हुने बताए ।

सेमिनारबाट आगामी दिनमा गर्न सकिने कार्यहरुको योजनागत निष्कर्ष निकालिनेछ ।