३० आश्विन २०८३, शुक्रबार

नेपाल टेलिभिजनमा कर्मचारी भर्ना गर्न लागेको भन्दै चौतारीको आपत्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepalकाठमाडौँ, २५ पुस । नेपाल टेलिभिजनमा प्रशिक्षार्थीका नाममा कर्मचारी भर्ना गर्न लागिएको कार्यप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको चौतारीले जनाएको छ ।
चौतारीका महासचिव माधव नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा नीतिगत रुपमा निस्पक्ष छनोट प्रक्रिया अवलम्बन गर्नुपर्ने अवस्थामा लिखित परीक्षासमेत नलिइकन कर्मचारी भर्ना गर्नु आपत्तिजनक काम भएको उल्लेख गरिएको छ ।

मौखिक र प्राविधिक रुपमा मात्र परीक्षा दिएर कुनै पनि व्यक्तिको योग्यता मापन गर्न सकिँदैन, लोकसेवा जस्तो स्वतन्त्र आयोगको रोहवरमा लिखित परीक्षा सञ्चालन गरेर कर्मचारी छनोट गर्न चौतारीले माग गरेको छ ।

विज्ञप्तिमा शक्ति र सत्ताका आडमा हुने यस्ता कार्यले सार्वजनिक संस्थानका गरिमामा आँच आउने भएकाले नेपाल टेलिभिजनले गठन गरेको छनोट समिति र प्रक्रियासमेत खारेज गरी निस्पक्ष ढङ्गले भर्नाको कार्य सुरु गर्न माग गरिएको छ ।