१ कार्तिक २०८३, शनिबार

साइबर अपराधबाट कसरी बच्ने ?

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिल्लीराम अम्माई

बेल्जियम । जुन २६ को दिन चितवन सहायता समाज क्याटको आयोजनामा बेल्जियममा साइबर विद् प्रोफेसर ड़ा.रामहरि सुबेदीले साइबर आक्रमणबाट डिजिटल घरलाई बचाउन आधारभूत तालिम दिएका छन् ।

चितवनको गुन्जानगरबाट अध्ययनको शिलशिलामा छब्बीस वर्षदेखि अमेरिकामा बसोबास गरेका सुबेदीले साइबरसँग सम्बन्धित बिषयमा नै बिध्याबारिधि गरी नाशामा समेत केही वर्ष काम गरेको अनुभब छ ।

क्याट बेल्जियमका अध्यक्ष रामचन्द्र सुबेदी (भुबन)ले तालिमको उद्घाटन गरी आयोजकको आशनबाट बोल्दै तालिमको महत्वबारे प्रष्ट पार्ने कोशिस गरेका थिए ।

चार घण्टे तालिम समाप्त भएपछि तालिम दिने प्रोफेशर डाक्टर रामहरी सुबेदीलाई जनप्रगतिशील मंचका भुतपूर्व अध्यक्ष तथा व्यावसायी चित्र सुबेदी, गैह्र आवासीय संघ युरोप संयोजक शिव बरुवाल लगायतका व्याक्तिहरूबाट जीवन उपयोगी तालिम दिएकोमा आभार व्याक्त गरिएको थियो ।

प्राध्यापकलाई सम्मान र सम्झना स्वरुप मायाको चिनो उपहार दिदै क्याट परिवारले पुनश्च यस्ता उपयोगी तालिम दिने अवसर प्रदान गर्न अनुरोध समेत गरेको थियो ।

प्रोफेसर सुबेदीले तालिमको प्रारम्भिक मन्तब्यको क्रममा भने, ‘संसारभर रहेका मानबको अब एक मात्र घर छैन, हामीहरूको साइबर पनि अर्को घर हो । हाम्रा सबै गतिबिधि साइबर नियन्त्रित भैसकेका छन् ।’

‘हामीले प्रयोग गर्ने फिजिकल घर जस्तै डिजिटल घरका कोठाहरू भनेका फेसबुक एकाउन्ट, इमेल एकाउन्ट, बैंक एकाउन्ट, अनलाइन खरिद बिक्री र अन्य धेरै साइबर गतिबिधि हामीबाट हुन्छ ती सबै पर्दछन’, उनले भने ।