अमेरिका । नेवाः गुठी न्युयोर्कको आयोजनामा ईही समारोह सम्पन्न भएको छ । गत जुन २४ तारिख हरेक वर्ष ईही समारोह मनाउदै आएको गुठीले बिगत ४ वर्षदेखि निरन्तर रुपमा नेवाः कला तथा संस्कृतिलाई निरन्तरता दिंदै आएको इही कर्म सम्पन्न भएको छ ।
यसको संरक्षण र संम्बर्द्धन गर्ने उदेश्यले नेवाः समुदायलाई आफ्नो नेवाः रितिरिवाजका कर्म काण्डहरू आफ्नै संस्कार र परम्परा अनुसार सम्पन्न गर्न सजिलो र सरल होस् भनि ईही समारोह गरिएको हो ।
नेवाः समुदायका पुरोहित तथा नेवा समुदायका सांस्कृतिक दूत बासव राजोपाध्याय द्वारा सामूहिक इही बिगत वर्षमा झैं यसपाली पनि न्युयोर्क ज्याक्सन हाईट्सको शेर्पा किदुक भवनमा सामुहिक ईही भब्य रुपमा सम्पन्न भयो ।
नेवाः भाषामा ईको अर्थ समय र ही को अर्थ रगत हो । ईही नेवाः समुदायको छोरीहरूको रजस्वाला हुनु पूर्व समय मै औसत छोरीको उमेर ५ देखि ११ वर्षभित्र बेललाई साक्षी राखी गरिने वा गरिनु पर्ने छोरीको एउटा बिशेष पवित्र कर्म हो ।
कर्मपछि छोरीलाई शक्तिशाली महालक्ष्मीको अबतारको रुपमा सम्मान गरिन्छ । यो कर्म बिधि अनुसार सम्पन्न गरी सकेपछि नेवाः समुदायका कन्या कहिल्यै पनि बिधवा हुदैन भन्ने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा नेवाः गुठी न्युयोर्कका महासचिव विजयमान सिंहले सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए ।
















प्रतिक्रिया