३ कार्तिक २०८३, मंगलबार

विश्वकपमा साउदी अरबलाई ऐतिहासिक सफलता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, १२ असार । विश्वकप फुटबलअन्तर्गत समूह ‘ए’को आफ्नो अन्तिम खेलमा एसियाली टोली साउदी अरबले इजिप्टलाई २–१ गोलले हराएको छ । सोमबार साँझ भएको खेलको अन्तिम मिनेटमा साउदी अरबका सलिम अल दसारीले गोल गरे‍ ।

इन्जुरी समयबापत चार मिनेट थपिए पनि पाँचौं मिनेटमा दसारीले गोल गरेका थिए । साउदी अरबले विश्वकपमा सन् १९९४ पछि पहिलोपटक जित हात पारेको हो । यसअघि मोहमद सलाहले २२ ‍औं मिनेटमा गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।

सलमान अल फराजले इन्जुरी समयमा खेल बराबरीमा ल्याएका थिए । फराजले पेनाल्टीमा गोल गरेका हुन् । जारी विश्वकपमा साउदी अरबको यो पहिलो गोल हो । त्यसअघि ४१ औं मिनेटमा पनि साउदी अरबले पेनाल्टी पाएको थियो । फहाद मोसाइद अल मुवाल्लाद अल हर्बीले गोल गर्न सकेनन् ।

अघिल्ला आफ्ना दुवै खेलमा पराजित भएका साउदी अरब र इजिप्ट अगाडि नबढ्ने निश्चित भईसकेको छ । साउदी अरबले पहिलो खेलमा रुससँग ५–० तथा दोस्रो खेलमा उरुग्वेसँग १–० गोलले हार ब्यहोरेको थियो ।

पहिलो खेलमा उरुग्वेसँग १–० गोलले पराजित भएको इजिप्ट दोस्रो खेलमा रुससँग भने ३–१ गोलले पराजित भएको थियो । इजिप्ट २८ वर्षपछि विश्वकपमा सहभागी भएको थियो । एजेन्सी