मस्को, १२ असार । पोर्चुगलले इरानसँग १–१ को बराबरी खेल्दै नकआउट चरणमा पुुगेको छ । दोश्रो हाफमा पाएको पेनाल्टिमा रोनाल्डोले गोल गर्न सकेनन् ।
यो खेल जितेको भए पोर्चुगल समूहको विजेता बन्ने थियो । बराबरी पछि उपविजेता बन्दै नकआउट चरणमा पुुगेको हो । यो समूहबाट स्पेन समूह विजेता बनेको छ ।
पहिलो हाफको ४५ औं मिनेटमा गोल गर्दै रिकार्डो क्वारिस्माले पोर्चुुगललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको तेश्रो मिनेटमा पेनाल्टि पाएपछि इरानले बराबरी गरेको हो ।
इरानका लागि करिम आनसारिफाडले गोल गरेपनि टोलीलाई अघिल्लो चरणमा पुु-याउन सकेनन् । समूूह बी कै अर्को खेलमा स्पेननले मोरक्कोसँग अन्तिममा बराबरी गरेपछि इरानको सपना पूूरा नभएको हो ।
समूहको उपविजेता बनेको पोर्चुगलले अन्तिम १६मा उरुग्वेको सामना गर्नेछ । स्पेनले रुससँग खेल्नेछ । एजेन्सी















प्रतिक्रिया