
काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । चीनको ६ दिने भ्रमणबाट आइतबार मात्रै फर्किएका प्रधानन्त्री ओलीले संसदमा सम्बोधन गर्न लागेका हुन् ।
चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, उर्जा, जलस्रोत लगायत बुँदामा सहमति भएको छ ।
यस अघि आइतबार साँझ प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी दिएका थिए । प्रतिनिधिसभाको बैठक अहिले संघीय संसद भवन बानेश्वरमा चलिरहेको छ । तर, प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया