३ कार्तिक २०८३, मंगलबार

विश्वकप फुटबलमा जापानले राख्यो दक्षिण एसियाको इज्जत

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, ११ असार । वैकल्पिक खेलाडी केसुके होन्डाले दोस्रो हाफमा गोल गरेपछि जापानले रसिया विश्वकपको समूह एच को खेलमा सेनेगलसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

एकातेरिनवर्गमा अफ्रिकन राष्ट्र सेनेगलले दुई पटक अग्रता लिएपनि एसियन राष्ट्र जापानले दुवै पटक पुनरागमन गर्दै अंक खोसेको हो । पहिलो खेलमा विजयी भएका दुवै टोलीले बराबरीपछि समान ४ अंक जोडेका छन् भने अन्तिम १६ मा पुग्ने दुवैको सम्भावना बढी रहेको छ ।

खेलको ११ औँ मिनेटमा साडियो मानेको गोलमार्फत सेनेगलले पहिले अग्रता लिएको थियो । ३४औँ मिनेटमै जापानका ताकासी इनुईले गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफमा दुवै टोलीले १–१ गोल थप्यो । ७१औँ मिनेटमा माउसा वागेएले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाएका थिए । तर त्यसको ७ मिनेटपछि नै होन्डाले गोल गरेपछि जापान बराबरी गर्न सफल भयो ।

उक्त गोलसँगै होन्डा ३ फरक विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी समेत बनेका छन् । एजेन्सी