३ कार्तिक २०८३, मंगलबार

रंगरोगन र सफाईपछि यस्तो देखियो वीर अस्पताल (फोटोफिचर)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० असार । देशकै जेठो अस्पताल वीर अस्पतालको रंगरोगन र सरसफाई सम्पन्न भएको छ । ४४ दिनसम्म चलेको अभियानबाट वीर अस्पतालको मुहार नै फेरिएको छ ।

सरकारले घोषणा गरेको अभियानको नेतृत्व धुर्मुस–सुन्तली फाउन्डेसनले वीर अस्तालको सफाई गरकेो हो । उनीहरु सहित विभिन्न सामाजिक अभियन्तासँगै संघ संस्था र कलाकारहरु अभियानमा खटिएका थिए ।

केही दिनमै बिधिवत हस्तान्तरण गरिनेछ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको अगुवाईमा गत बैशाख २३ गतेबाट प्रारम्भिक चरणमा वीर अस्पताललाई देशकै सफाईको नमुना अस्पताल बनाउने अठोटका साथ सरसफाई अभियान सुरु भएको थियो ।

धुर्मुस–सुन्तलीले (सिताराम कट्टेल–कुञ्जना घिमिरे) यसअघि पहरी बस्ती, गिरानचौर बस्ती, मुसहर बस्ती, एकीकृत नमुना बस्ती सन्तपुर गरि ४ एकीकृत निर्माण गरेका छन् । सामाजिक अभियानमा अहोरात्र खटिएको धुर्मुस–सुन्तलीलाई नेपाल सरकारले सरसफाई दुत घोषणा गरिसकेको छ ।

हेरौँ रंगरोगन र सफाईपछिको वीर अस्पतालका केही तस्वीरहरु ( तस्वीर : रासस र धुर्मुसको फेसबुकबाट)