२८ आश्विन २०८३, बुधबार

बाबुरामजी फर्कनुहुन्छ : दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandaकाठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले विराटनगर सम्मेलनबाट केन्द्रीय समिति अस्वीकार गरेका नेता बाबुराम भट्टराईसहित उनी पक्षधर पार्टी जिम्मेवारीमा फर्कने विश्वास व्यक्त गरेका छन्।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबार सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले भट्टराईसहित उनी पक्षधर नेता केन्द्रीय समितिमा फर्कने जनाएका हुन्।

भट्टराईले आफू केन्द्रीय समितिमा फर्कन ‘आवश्यक तयारी गर्नुपर्नेु माग गरेको पनि दाहालले बैठकमा जानकारी गराए।

‘केन्द्रीय समितिमा फर्कर्नेमा बाबुरामजीहरु पोजिटिभ नै हुनुहुन्छ, तर त्यसका लागि आफ्नो समूहमा केही छलफल गर्नुपर्ने भएकाले समय माग गर्नुभएको छ,’ दाहाललाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘भोलि (शनिबार)सम्म कुरौं, उहाँहरु तयारी गरेर आउनुहुन्छ।’

दाहालका अनुसार केन्द्रीय समितिमा भट्टराईले आफ्ना केही मानिसलाई जिम्मेवारी दिन आग्रह गरिरहेका छन्।

दाहालले शनिबारसम्म भट्टराई पक्षधरलाई कुर्ने, नभए पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठन गरी जिम्मेवारी बाँडफाँट गर्ने प्रस्ताव गरेका छन्। ‘भोलिसम्म उहाँहरुको जवाफ कुरौं, सकेसम्म उहाँहरुलाई मिलाएर जाने हो, नभए जिम्मेवारी बाँडफाँट गरेर जानुपर्छ,’ दाहालको प्रस्ताव छ। नागरिक दैनिकबाट