कतार । अमेरिका बस्दै आएका नेपाली व्यवसायी तथा समाजसेवी राजा घले कतारमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सम्मानित भएका छन् ।
उनलाई गैर आवासीय नेपाली संघ कतार, तामाङ सोसाइटी अफ कतार, घले समाज दोहा तथा छिमेकी भिजन प्रोजेक्ट कमिटीले संयुक्त रुपमा सम्मान गरेको हो ।
घले अमेरिकाको दक्षिण पूर्वी क्षेत्रका लागि नेपालका पर्यटन दूतसमेत हुन् । उनले अन्तर्राष्ट्रिय संस्था एसियन प्यासिफिक अमेरिकन काउन्सिलको महासचिवसहित थुप्रै गैरआवासीय नेपाली संंघसंस्थामा विविध पदमा जिम्म्मेवारी निर्वाह गरेका छन् ।
अमेरिका बसेर पनि मुलुकको विकासका लागि खेलेको उच्च भूमिकाको कदर गर्दै उनलाई सम्मानित गरिएको हो । साथै उनी बिमान चालक पनि हुन् ।















प्रतिक्रिया