१ कार्तिक २०८३, शनिबार

अब मानव तस्करले उन्मुक्ति पाउने छैनन्ः सर्बेन्द्र खनाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

उनले अमेरिकामा रहेका सबैलाई मात्र हैन आफूलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दै मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडि भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउदै अब उनीहरूका दिन गएका बताए ।

खनालले स्वागत कार्यक्रममा उपस्थित सवैलाई उच्च कदर गर्दै कहिले कुठाराघात नगर्ने बताए । आफ्नो सहयोग सदैव सकारात्मक हुने बताउदै जस्तो सुकै कठिनाईलाई छिचोल्ने बताए ।

उनले शान्ति सुरक्षाको बारेमा बिशेष जोड दिदै नेपाल पहिला जस्तो सुरक्षाको दृष्टिले भयभित हुनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘राम्रा काम गर्ने को उजागार गर्ने र नराम्रा काम गर्नेलाई कठघरामा उभ्याई कानून बमोजिम कारवाई गर्न पछि हट्ने छैन ।’

महानिरीक्षक खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको द्वितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यूयोर्क आएका थिए ।

स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले जिज्ञाशा राखेका थिए । खनालले पनि सबैको चित्त बुझ्दो जवाफ दिएका थिए ।

कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमको पहलमा सम्पन्न भएको थियो ।