काठमाडौँ । स्वस्थ रहनको लागि मानिसहरुले के–केसम्म गर्दैनन्, कहाँकहाँ धाउँदैनन् ? अत्याधिक पैसा खर्च गर्न समेत पछि पर्दैनन् । तर कतिपयलाई चाहना हुँदा हुँदै पनि बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा सधै अस्वस्थ नै भइरहन्छन् ।
तर स्वस्थ रहनको लागि केही ठूलो कुरा गर्नै पर्दैन, मात्र आफ्ना केही बानी व्यवहार परिवर्तन गरे पुग्छ । स्वस्थ रहन अब अपनाउनुहोस् यस्ता उपायः
१. विहान सबेरै उठ्नेः
बिहान सबेरै उठ्दा मात्रै पनि स्वस्थ रहन निकै मद्यत पुग्छ । बिभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु कम लाग्ने बताएका छन् । बिहान सबेरै उठ्दा दिनभरी शरीर स्फूर्त समेत हुन्छ ।
२. शारीरिक ब्यायाम, योगा र ध्यानः
शारीरिक ब्यायाममा शरीरका लागि निकै आवश्यक छ । त्यसैले यसका लागि पनि समय दिन जरुरी हुन्छ । कडा शारीरिक ब्यायाममा समय दिन नसके पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल गर्नुपर्छ । केही समय योगा अथवा ध्यान गर्दा पनि शरीरलाई स्वस्थ, स्फूर्त र फिट बनाउँछ ।
३. खाना खाँदा पानी नपिउनेः
खाना खानु भन्दा आधाघन्टा अगाडि र खाईसकेपछि आधा घन्टापछि मात्रै पानी पिउनु उत्तम मानिन्छ । चाहे जाडो महिनाहोस् या गर्मी दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु पर्छ । यसले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्छ साथै छाला स्वस्थ, चम्किलो र निखार राख्नपनि मद्दत गर्छ ।
४. रातिको खाना खाने समयः
मोटोपनाबाट बच्नको लागि राति सुत्नु भन्दा कम्तिमा पनि दुई तीन घन्टा अगाडि खानाखाने गर्नु उत्तम हुन्छ । खाना खाईसकेपछि केही समय सामान्य हिड्डुल तथा केही क्रियाकलापमा सहभागी रहनु जरुरी छ । यसले गर्दा खाएको खाना सजिलै पच्छ र पाचन प्रणालीलाई धेरै मेहेनत पर्दैन ।
५. जंक र प्रोसेस्ड खानेकुरा नखानेः
जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रा पनि बढी हुन्छ । यसको बाहेक जंक खाना मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।















प्रतिक्रिया