३० आश्विन २०८३, शुक्रबार

हल्लाले होइन, पूर्वाधारले स्वागत गरौँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रदिप आचार्य

गत हप्ता एउटा कुराले पोखरा ज्यादै तात्यो, पोखरालाई आफ्नो जन्मथलो, कर्मथलो बनाएर विद्यार्थी राजनीति देखि नै चर्चित विकास चिन्तक भनौ पोखराकै संस्कृति पर्यटन तथा नागरीक उड्ययनमन्त्री माननीय रबिन्द्र अधिकारीले हवाई उड्ययनलाई व्यवस्थित बनाउन बनाएको विज्ञ समूहका एक सदस्यले एक कार्यक्रममा बन्दै गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थ लहवाई सुरक्षा र उडानका हिसावले उपयुक्त छैन भने ।

माननीय रबिन्द्रको ट्वीट पोष्टहरु यस बारेमा भ्रम नपाल्ने आग्रहका थिए । तापनि पोखरेली पोखरा विमानस्थल बनाउने सन्दर्भमा अलिक शसंकित र अलिकति चनाखो भने भएकै छन् ।

चालिस वर्षको पोखरेलीको आशा वर्षाैँको धर्ना, नारावाजी अनसन अनि डेलिगेशनले चीनको निर्यात आयत वैंकको सौलियत ऋणमा अहिलेका प्रधानमन्त्री केपी ओलीको पूर्ववर्ति सरकारकै पालामा क्रण सम्झौता भई चिनियाँ कम्पनि चाईना सि ए एम सिसँग ठेक्का सम्झौता भएको थियो भने उक्त कम्पनिले करिब १५ प्रतिशत काम गरिसक्दा उक्त व्यक्तिको भनाईमा तुक नभएपनि रहस्यमय बनाईदियो । पोखरेलीहरु आक्रोशित भए, सामाजिक सञ्जालमा विज्ञ समूह सदस्य लगायत पोखरालाई अति नै माया गर्ने र वृहत पोखरा बनाउन पर्छ भन्ने अभियन्ता रहेका माननीय मन्त्रीका विरुद्ध पनि सामाजिक सञ्जालमा गालि गलौज गरिए भने हामी नजिकबाट चिन्नेलाई पनि माननीयको धारणा के हो भन्दै अनौपचारिक फोन सम्पर्क समेत भए ।

माननीय रबिन्द्रको ट्वीट पोष्टहरु यस बारेमा भ्रम नपाल्ने आग्रहका थिए । तापनि पोखरेली पोखरा विमानस्थल बनाउने सन्दर्भमा अलिक शसंकित र अलिकति चनाखो भने भएकै छन् । यत्तिकैमा के मत्थर हुदै थियो उक्त क्षेत्रका संघीय सांसद र पुरै ४ नं प्रदेशकै नेता अनि नेकपाका कुशल संगठक खगराज अधिकारीले त्यस सम्वन्धमा संघीय संसदमा विशेश समय लिएर उनकै शब्दमा विकास विरोधि किरा ती सदस्यललाई पर्यटनमन्त्रीले किन कारवाही नगर्ने भनेर संसदमा नै जवाफ माग भएपछि त खगराजको पक्षमा समर्थनका स्वरहरु प्रशस्त आए भने अदृश्य रुपमा पर्यटन मन्त्रीका विरुद्धमा खगराज वक्तव्य भनेर वाख्या पनि गरिए । लाग्दछ माननीय खगराज अधिकारीले सुटुक्क भेटेर पनि भन्न सकिने कुरा किन संसदमा नै उठाईयो एकथरी कुरा भने खगराजले चर्चामा आउन यसो गरेका हुन् पनि भनियो । तर, धेरै कुरा अड्कलबाजी, शंका, विचार , धारणा अनि वहसका विषय होलान् यी हाम्रो सविंधानले मौलिक हकमा दर्ज गरेका अधिकारमा पर्दछन् । तर, सत्य सत्य नै हुन्छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुरामा अब कुनै समस्या छैन । मुआव्जा दिनेदेखी सबै समस्याका समाधान भैसकेका छन् भने ठेकेदारले अहिले गरेका कामको छाँट देख्दा प्रतिवद्धता व्यक्त गरे भन्दा ज्यादै चाँडै सकिने निश्चित छ । खगराज अधिकारीले गरेका कुरा पनि पुरापुर संसदीय अभ्यासको रुपमा बुझिनुपर्दछ ।

पोखरा विमानस्थलको सन्दर्भमा पोखरेली एवं पर्यटन व्यवसायी ज्यादै उत्साहित त छन् तर, पर्यटन व्यवसायीको उत्साहमा केहि केहि अन्योलता पनि देखिने गर्दछ ।

अवश्यपनि देश संघीयतामा गईसकेको छ । हाम्रो संविधानले जिम्मेवारी र दायित्व बारेमा पनि प्रष्ट वाख्या गरेको छ । ठिक त्यहि शैलिमा विकासमा पनि जिम्मेवारी र दायित्व बाँडफाँड हुनुपर्दछ । लाग्दछ, पोखरा विमानस्थलको सन्दर्भमा पोखरेली एवं पर्यटन व्यवसायी ज्यादै उत्साहित त छन् तर, पर्यटन व्यवसायीको उत्साहमा केहि केहि अन्योलता पनि देखिने गर्दछ । सबैले भनेका छन्, पोखरा विमानस्थल आए पछि त हाम्रो व्यवसाय फस्टाउँछ, तर पनि यस सन्दर्भमा उनिहरुको त कुरै  छाडाैँ हाम्रा तीनै तहका सरकारको तयारी पुगेको देखिदैन ।

गत हप्ता नागरीक उड्ययन प्राधिकरण र भारतीय उड्ययन संस्थाबीच केही सम्झौता भएका छन, ती सभ्झौता कुनै मन्त्री र संस्थाबीचको प्रयासले भन्दापनि विज्ञप्तिमा नै भनिए अनुसार दुई देशका प्रधानमन्त्रीबीच भएको संवादको निष्कर्षको रुपमा बुझ्नु पर्दछ । लाग्दछ, सरकारले गर्ने नीतिनियमले पोखरा विमानस्थलको निर्माण र सञ्चालनमा समस्या आउँदैन । समस्या आउँछ त हाम्रो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनरुपको पूर्वाधारको अभावले । अब राज्यका निकाय र स्वयं पर्यटन व्यवसायीले गर्ने पूर्व तयारीहरुको सन्दर्भमा सचेत हुनु पर्दछ । नत्र पछि तिनै विज्ञ समूका सदस्यलाई सम्झने र ग्लानि गर्ने बाहेक केही हुँदैन । तसर्थ, पूर्वाधारको तयारीको सन्दर्भमा हाम्रो तयारी केमा कसरी हुने बारेमा बहस सँगै कार्य थालनि हुन जरुरी छ ।

पोखरा विमानस्थललाई अहिलेको पोखराको विमानस्थलको प्रतिस्थापनको ढंगले सोचियो भने त्यहाँभन्दा ठूलो गल्ति केही हुने छैन । पोखरा विमानस्थल पोखरालाई अन्तर्राष्ट्रिय शहरलाई जोड्नलाई मात्र बनाइएको विमानस्थल होईन भने कहिलेकाहि विकल्पमा र समस्यामा जहाज उडान गर्न बनाईएको पनि होईन ।

मुख्य गन्तव्यको पहिचान

पोखरा विमानस्थललाई अहिलेको पोखराको विमानस्थलको प्रतिस्थापनको ढंगले सोचियो भने त्यहाँभन्दा ठूलो गल्ति केही हुने छैन । पोखरा विमानस्थल पोखरालाई अन्तर्राष्ट्रिय शहरलाई जोड्नलाई मात्र बनाइएको विमानस्थल होईन भने कहिलेकाहि विकल्पमा र समस्यामा जहाज उडान गर्न बनाईएको पनि होईन । यस विमानस्थल निर्माणसँगै सञ्चालन खर्च पनि बढेर जानेछ भने सौलियत भएपनि क्रणको व्याज र समयक्रमसँगै साँवा भुक्तानि गर्ने सामथ्र्य पनि राख्नुपर्दछ । त्यसको लागि भनेको अधिक संख्याको पर्यटक नै हुन ।

विभिन्न तहका सरकारले यस क्षेत्रका भनौ विशेष गरी ४ नं. प्रदेश र यस आसपासका गन्तव्यको पहिचान गरी पर्यटकलाई त्यहाँका गतिविधिहरुले सन्तुष्ट बनाउन सक्नुपर्दछ । तसर्थ, अबको सरकारका रणनीति भनेको गन्तव्यको पहिचान र त्यस गन्तव्यको योजनागत विकास र प्रवद्र्धन गर्नु नै हुनु पर्दछ भने पर्यटकिय गन्तव्य विकासमा हाम्रा अन्र्तर्राष्ट्रिय प्रतिवद्धताहरु समेत सम्बोधन हुनुपर्दछ अर्थात हाम्रो पर्यटन दिगोे हुनुपर्दछ भने मानविय गतिविधि जवावदेही पनि बन्नुपर्दछ । समावेशीता पर्यटन विकासमा पनि देखिनु पर्दछ ।

एउटा सुखद संयोग भनौँ पोखरालाई आधार बनाएर काम गर्ने दुई माननीय नै संघीय सरकारको पर्यटन तथा खेलकुदमन्त्री भएको वखत उहाँको पहुँचलाई उच्चतम उपयोग गर्दै पोखरालाई खेल पर्यटनको अन्तराष्ट्रिय गन्तव्य बनाउन सक्नुपर्दछ ।

पूर्वाधारको निर्माण

हामीले हाम्रो वर्षौँको मेहनतले सायद प्रदेश नं. ४ को समग्र विकासमा जलविद्युत पछिको सबैभन्दा ठूलो लगानि पोखरामा भित्राईसकेका छौँ भने यो निर्माण सँगै पछिल्लो दशकको आकर्षक पूर्वाधार निर्माण सम्पन्न गर्दैछौ । विमानस्थलले दिएको सुगमताले हामीलाई अन्य पूर्वाधार निर्माणको बाध्यता थपिदिएको छ । भनाैँ पहिचान भएका गन्तव्यमा पुग्नको लागि सहज पहुँच अर्थात बाटोघाटो, केवकार र जलमार्गको सहजताको बारेमा सचेत भएर आजैबाट तयारी थाल्नु पर्दछ भने अहिले संघीय सरकारको नीति तथा कार्यक्रममा व्यक्त माइस पर्यटनको गन्तव्यको लागि ठूला ठूला प्रर्दशनी केन्द्रहरुको निर्माणमा आजैदेखि योजना बनाएर चरणवद्ध निर्माणको कार्य थालनि गर्नुपर्दछ ।

एउटा सुखद संयोग भनौँ पोखरालाई आधार बनाएर काम गर्ने दुई माननीय नै संघीय सरकारको पर्यटन तथा खेलकुदमन्त्री भएको वखत उहाँको पहुँचलाई उच्चतम उपयोग गर्दै पोखरालाई खेल पर्यटनको अन्तराष्ट्रिय गन्तव्य बनाउन सक्नुपर्दछ । तव मात्र बाह्रै महिना चल्ने अनि नाफाको विमानस्थल बन्नेछ । नत्र जनप्रतिनिधिले चुनावका बेला व्यक्त प्रतिवद्धता अनुसार पर्यटनमन्त्रीसँग डेलिगेशन आएर बनेको विमानस्थल जस्तै हुनेछ । विमानस्थलको सफलता यात्रुको चापले निर्धारण गर्नुपर्दछ नत्र भने वलेवा विमानस्थल जस्तै हुनेछ जहाँ नेपाल एयरलाईन्सको घाटा नगरपालिकाले वेर्होने सर्त छ । हाम्रा आन्तरिक विमान कम्पनिबाहेक अरुको उडान हुन सक्दैन । आन्तरिक उडानको लागि नयाँ विमानस्थल सोचनिय हुनेछ र भार बढ्नेछ ।

पोखरामा ठूलो लगानिको रुपमा आएको फुलबारी होटेलको असफलताले ठूला व्यवसायीहरु पोखरामा जान हच्कने गर्दछन् भने साना साना बजेटका होटेलले नयाँ विमानस्थलको माग र चाप धान्न सक्दैन ।

नीजि क्षेत्रमैत्री सरकार

पर्यटनका सबै निकायले नेपालको पर्यटन नीजि क्षेत्रले बनाएको र उकासेको क्षेत्र हो भनेर फलाक्न कोही पछि पर्देनन् । देश पर्यटन मय भएकै छ तर, पनि हामी व्यवसायीहरु पर्यटनमैत्री भएको देख्दैनौँ । व्यवस्थित बजारीकरण र यसको प्रभाव ज्यादै न्यून छ भने प्रदेश सरकार र मुख्य नगरपालिकाहरु पर्यटन विकासको योजनावद्ध विकासमा अनविज्ञता व्यक्त गर्दछन् । नीजि क्षेत्रले लगानि गर्ने भनेको फाईदाकै लागि हो । उनिहरु फाईदाका लागि आएका हुन्छन् तर, ठूलो लगानि आउँदा हामी स्वागत हैन कसरी असहयोग गर्ने भन्ने मानसिकताले घर गरेको ठाउँमा ठूला लगानि आउन सक्दैन भने आएका लगानि पनि सफल हुन सक्दैन । पछिल्लो पर्यटन विभागको आँकडाले नेपालको पर्यटनमा लगानि आउने क्रम देखिएको छ । तर, पोखराको हकमा व्यवस्थित र ठूला लगानिका प्रस्तावहरु देख्न पाईदैन । पोखरामा ठूलो लगानिको रुपमा आएको फुलबारी होटेलको असफलताले ठूला व्यवसायीहरु पोखरामा जान हच्कने गर्दछन् भने साना साना बजेटका होटेलले नयाँ विमानस्थलको माग र चाप धान्न सक्दैन । तसर्थ, पर्यटन व्यवसायी नियममा रहेर काम गर्ने अनि सरकारले नीजि क्षेत्रलाई जग्गा लिजिङ, ऋण सम्झौता र लगानी सुरक्षाको प्रतिवद्धता गर्नु पर्दछ ।

हैन भने भूपी शेरचनको कवितामा जस्तै नेपाल हल्लै हल्लाको देश हुनेछ । अनि हामी पोख्रेली त्यस देशका नागरिकमा पर्दछौँ । हामीले नयाँ विमानस्थलको औचित्य प्रमाणित गर्न सक्दैनौँ । नयाँ सरकारको सम्वृद्धिको सपना पोखरा विमानस्थल बन्दाका प्रयास जस्तै आशै आशामा दशकौँ बिताउनु पर्दछ भने केपी ओलीको सुखि नेपाली सम्वृद्ध नेपाल मजाक हुनेछ । हामी त्यो मजाकका पात्र हुनेछौँ । तसर्थ, हामीले पोखरा विमानस्थललाई हाम्रो पोखरा जस्तै सुन्दर अनि व्यवस्थित स्वागत गर्नु हाम्रो परम कर्तव्य हुनेछ ।