काठमाडौं, २४ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै आएको संयुक्त मधेशी मोर्चाले प्रमुख दलको बैठक बहिष्कार गरेको छ ।
विवादित विषयमा छलफल गर्नका लागि प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निवास बालुवाटारमा बोलाएको बैठक मोर्चाले बहिष्कार गरेको हो । बुधबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको मानमर्दन गरेकाले बैठकमा नजाने निर्णय लिएको मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताउनुभयो ।
यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने आफ्नो ठट्टालाई मधेशी मोर्चाका नेताहरुले गम्भीर रुपमा लिएको स्पष्टीकरण दिइसक्नुभएको छ ।
















प्रतिक्रिया