काठमाडौं । एमाओवादीको संस्थापन पक्षसँग सहमति गरी नेता बाबुराम भट्टराई बाहेक उनी पक्षका अन्य नेताहरु केन्द्रीय समितिमा फर्कनेबारे छलफल भएको छ । अध्यक्ष पुष्पकमल दाहालसँग राजनीतिक र सांगठनिक बिषयमा सकरात्मक छलफल भएको उल्लेख गर्दै भट्टराई बाहेकका नेता केन्द्रमा जाने कुरा भएको छ ।
भट्टराई पक्षीय बैठकमा धेरै नेताहरुले तत्कालीन कार्यदिशा संविधानमा निर्माणमा जोड दिनुपर्ने, केन्द्रदेखि जिल्लासम्म फरक मत राख्नेलाई सम्मानजनक पद दिनुपर्ने, अन्तरसंर्षलाई व्यववस्थित गर्नुपर्ने कुरा संस्थापन पक्षले स्वीकारे केन्द्रीय समितिमा जाने धारणा राखेका छन् । शुक्रबार भट्टराई पक्षीय बैठकमा उपस्थिति करिब दुई दर्जन नेताहरुले बाहिर रहेर भन्दा केन्द्रीय समिति गएर अन्तरसंघर्ष गर्ने सुझाव दिएका छन् । बैठकमा भट्टराईले अध्यक्ष दाहालले सहमतिका लागि ठोस प्रस्ताव तयार तयार गर्न आग्रह गरेको जानकारी गराएका थिए । संस्थापन र भट्टराई पक्षबीच
भट्टराई निवासमा भएको बैठकमा प्याकेज मा प्रस्ताव तयार गरी दाहालसंग छलफल गर्ने निश्कर्ष निकालिएको थियो । दाहालले केन्द्रीय समितिमा आउन आग्रह गरे पनि प्याकेजमा सहमति नभएसम्म कोही पनि केन्द्रमा नफर्किने समझदारी भएको छ ।
आफूले अघि सारेका मान्य भएमा आफू नेतृत्वमा नफर्के पनि अन्य नेताहरु र्फकने सक्ने स्पष्ट संकेत दिएका छन् । प्रवक्ता दीनानाथ शर्माले छलफल सकरात्मक रुपमा अघि बढेको उल्लेख गर्दै भट्टराईबाहेकका अन्य नेता केन्द्रमा आउने बताए । ‘बाबुरामजीले आफू नआउने तर अरु साथीहरु आउन सक्ने जानकारी गराउनु भएको छ’ उनले भने, ‘उहाहरु छिट्टै केन्द्रमा आउने देखिएको छ ।’
भट्टराई पक्षीय नेता हेमराज भण्डारीले अघि सारेका मुद्दाहरु संस्थापनले सम्बोधन गरेपछि केन्द्रमा फर्किन छलफल भएको उल्लेख गरे । ‘केन्द्रमा गएर महाधिवेशनसम्म अन्तरसंघर्ष लैजाने कुरा भएको छ’ उनले भने, ‘सकरात्मक रुपमा कुराकानी भएको रहेछ ।’ केन्द्रमा नजादा पार्टी फुटको दिशातिर जान सक्ने भन्दै भट्टराई पक्षकै नेताहरुले सहमति गरी केन्द्रमा र्फकनु पर्ने धारणा राखेका थिए । ‘पार्टी फुटको दिशाबाट जोगाउन फर्केर अन्तरसंघर्ष र संगठन संचालनको बिधिलाई व्यवस्थित गर्नुपर्छु उनको भनाइ थियो । बैठकमा भट्टराईले दाहालसंग भएको वार्ताबारे जानकारी गराएका थिए ।
बिहीबार भट्टराईले दाहालालई संसदीय दलको नेता दोस्रो पुस्तालाई हस्तान्तरण गर्न आग्रह गरेका थिए ।
भट्टराई पक्षबिना केन्द्रीय समिति
संस्थापन पक्षले भट्टराई पक्षबिनानै केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह बैठक सुरु गर्दै दाहालले भट्टराई आफू नआए पनि उनी पक्षका अन्य नेताहरु केन्द्रमा आउन सक्ने जानकारी गराएका थिए ।
उनले भट्टराई पक्ष केन्द्रमा फर्किन बिश्वास गर्दै छलफल जारी रहेको उल्लेख गरेका थिए । भट्टराई पक्षलाई केन्द्रमा फर्काउने पहिलो प्राथमिकतामा राखेका दाहालले सहमति हुन नसके केन्द्रीय समितिलाई पूर्णता दिएर अघि बढ्ने मनस्थितिमा छन् । ‘अध्यक्ष बाबुराजीहरुलाई केन्द्रमा फर्काएर संगठन विस्तार गर्ने पक्षमा हुनुहुन्छ’ प्रवक्ता शर्माले भने, ‘उहाहरुलाई सहभागी गराएर केन्द्रीय समितिलाई पूर्णता दिने तयारी छ ।’ त्यसका लागि दाहालले १५१ भित्र भट्टराई पक्षलाई समेटेर अघि बढ्ने जनाएका छन् । तर, भट्टराई पक्षको अनावश्यक माग पुरा गर्ने पक्षमा भने नभएको उनी निकट नेताहरुले जानकारी गराएका छन् ।
केन्द्रीय समिति बैठक सुरु भए पनि अध्यक्षबाहेक सबै नेता केन्द्रीय सदस्यको रुपमा सहभागी भएको छन् । जारी केन्द्रीय समितिले उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्षसहिति केन्द्रीय समितिलाई पूर्णता दिने शर्माको भनाइ छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया