२९ आश्विन २०८३, बिहिबार

भोलिसम्म ग्यास सहज हुन्छ: निगम

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-cylinders-nepal

काठमाडौँ, २४ पुस । नेपाल आयल निगमले शुक्रबारसम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने जनाएको छ ।

गत महिनामा ग्यास आयातको परिमाणमा केही कमी आएकाले बजारमा अभाव देखिएको स्पष्ट पार्दै निगमले भारतबाट अहिले आयात सहज भइसकेको जानकारी दिएको छ ।

गत आथिएकको डिसेम्बरमा १९ हजार ७७५ मेट्रिक टन ग्यास आयात भएकामा चालु आवको सोही अवधिमा १८ हजार ८८६ टनमात्र आयात भएकाले बजारमा केही समस्या देखिएको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्षको डिसेम्बरमा ८८९ टन ग्यास कम आयात भएकाले बजारमा केही अपुग भएको हो । जनवरीका लागि २५ हजार टन आयात गर्ने लक्ष्य लिइएको छ ।”

उहाँका अनुसार सामान्यता बजारमा एक महिनाका लागि २२ हजार ३७७ टन ग्यास आवश्यकता हुन्छ । भारतीय आयल निगमसँग पर्याप्त मात्रामा ग्यासको माग गरिएकाले त्यसले बजारमा सहजता ल्याउने निर्देशक भट्टको भनाइ थियो ।

निगमले गत महिनाको तुलनामा यस महिनामा पेट्रोल र डिजेलको आयातमा पनि वृद्धि गरेको छ । बजारमा असहज देखिएपछि गत महिना २२ हजार ९४१ टन किलोलिटर पेट्रोल आयात गरिएको थियो भने यस महिनामा २५ हजार किलोलिटर आयात गर्न लागिएको छ ।

गत महिनामा ८० हजार ६८० किलोलिटर डिजेल आयात गरिएकामा यस महिना ९२ हजार किलोलिटर आयात गर्न लागिएको छ । त्यसैगरी, निगमले पेट्रोलियम पदार्थको मौज्दातलाई वृद्धि गरी गर्ने तयारीसमेत गरेको छ ।

दैनिक भारतको रक्सौलबाट मात्र आयात गर्दा बजारको मागलाई धान्न नसकिएकाले बरौनीबाट दैनिक थप १५ ट्याङ्कर थप गरी तीन लाख लिटर ल्याउन लागिएको छ । त्यसैगरी बेतालपुरमा थप २० वटा ट्याङकर थप गरी चार लाख लिटर आयात गरिएको छ ।