अमेरिका । नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट एच. डेलिसी मिस नेपाल अमेरिका २०१८ मा जोडिएका छन् । उनी मिस नेपाल अमेरिकाको आयोजकमा जोडिएका हैनन् ।
उनीद्वारा नेपालको सहयोगको लागि स्थापना गरिएको गैर मुनाफा सामाजिक संस्था सोरवे फाउण्डेशन नामक संस्था मिस नेपाल युएसको लागि आधिकारिक परोपकार साझेदारी हुनेछ । पूर्वराजदूत डेलिसी सोरवे फाउण्डेशनका कार्यकारी निर्देशक हुन् ।
उनले नेपालको लागि थुप्रै काम गरि रहेका छन् । आगामी अगस्ट १९ मा हुने मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ ।
प्रतियोगिताको विजयीलाई पाँच हजार अमेरिकी डलर धन राशिले सम्मान गरिनेछ । केही समय अगाडि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी तथा आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धरलाई नियुक्त गरिएको थियो ।
न्यूयोर्कबाट सन् २०११ बाट शुरु गरिएको मिस नेपाल युएस कार्यक्रमका संस्थापक अमेरिकामा युवा नेपाली उद्यमी अमित शाह हुन् । यस वर्ष नेपाल को प्रबर्द्धन युवाको सशक्तिकरण मुल नारा राखिएको छ ।
मिस नेपाल युएस सुन्दरी प्रतियोगिताको हालसम्मका बिजेताहरुमा सन् २०११ मा न्यू योर्क शहरमा सम्पन्न पहिलो मिस नेपाल युएस सुन्दरी प्रतियोगिताबाट वासिङ्टन डिसीकि सुजिता बस्नेत प्रथम बिजेता बन्न सफल भएकी थिईन् ।
सन् २०१२ मा भर्जिनियाकि आस्था श्रेष्ठ ,सन् २०१३ को तेश्रो प्रतियोगितामा बर्तिका राई ,सन् २०१४ मा न्यू योर्क शहरमा सम्पन्न चौंथो सुन्दरी प्रतियोगिताबाट ओहायो राज्यकी २७ बर्शिय खुश्बु मिश्र बिजयी बनेकी थिईन् । त्यसैगरी, सन् २०१५ मा न्यू योर्क शहरमै सम्पन्न पाँचौं सुन्दरी प्रतियोगिताबाट नर्थ क्यारोलिनाकि प्रियंका थपलिया बिजयी बनेकी थिइन् ।
मिस नेपाल अमेरिका ऐतिहासिक बनाउन डलास क्षेत्र वरपर रहेका विभिन्न संघ संस्थाहरुसग मिलेर सहकार्य गरेर काम गरे आयोजक प्याट्रिक सुबेदीले बताएका छन् । नेपालस्थित ई प्लानेट प्रा।लि।को सहकार्यमा अमेरिकास्थित इभेन्ट प्लानेट इन्कको आयोजनामा गएको पाँच वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदैछ ।















प्रतिक्रिया