१ कार्तिक २०८३, शनिबार

बाल्टिमोरको पशुपतिनाथ मन्दिरको उद्घाटन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । बाल्टिमोरस्थित पशुपतिनाथ मन्दिरको विधिवत उदघाटन गत जुन १७ का दिन अमेरिकाको लागि मरिससका राजदूत सुरज फोकिरको प्रमुख आतिथ्यमा भव्यताको साथ सम्पन्न भएको छ ।

गत जुन १७ तारिख दिन देखि सर्वसाधारणका लागि पशुपतिनाथको दर्शनको लागि खुला गरिएको छ । मरिससका राजदूतले औपचारिक कार्यक्रम प्रारम्भ हुनु अगाीडदेखि नै पूजा पाठमा सहभागी भै प्राण प्रतिष्ठामा समेत सहभागिता जनाएका थिए ।

महाबाणिज्यदूत प्रेमराजा महत, डा बिशाल भण्डारी, मन्दिरका सभापति श्रीवास दास, उपसभापति विश्वराज गौतम, बानाका अध्यक्ष अनु श्रेष्ठ वन्त, बानाका पूर्वअध्यक्ष, मन्दिर विकास समितिका सभापति श्रीकान्त नायक, प्रवासी नेपाली मंच अमेरिकाका सभापति प्रभु थापा, मन्दिर कोष वृद्धिकि संयोजक कल्पना अधिकारी लगायत बाल्टिमोर क्षेत्रका नेपाली समुदायको उपस्थितिमा पुष्प, जल, दुध चदाउदै सबै बिधि अनुसार शिव लिङ्गको अनावरण गरिएको थियो ।