१ कार्तिक २०८३, शनिबार

अमेरिकाका कार्कीले नेपालमा प्रशिक्षण दिदै

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको डिसी क्षेत्रका आइपीएल (भारत्तोलन)का स्वर्ण पदक बिजेता रुप कार्की पूर्व योजना तथा तालिका अनुसार हाल नेपालको सिद्धार्थनगर–बुटवलमा भारत्तोलनको प्रशिक्षण दिनमा व्यस्त रहेका छन् । आफूले जानेको सबै कुराहरु सिकाई रहेको बताएका छन् ।

उनी काठमाडौँ बिमान स्थल पुग्दा भब्य स्वागत गर्न अमेरिकाबाट नेपाल पुगेका कृष्ण धरावासी लगायतले स्वागत गरेका थिए । कार्की गत जुन ११ तारिख अमेरिका बाट उडेर नेपाल जुन १३ तारिख पुगेका थिए ।

उनी नेपालमा भारत्तोलन खेलको कमि भएको महसुस गरिएकोले गैरआवसीय नेपाली संघ अमेरिकाको सहजीकरणमा सिकेको शीप आफ्नो मातृभूमिमा सिकाउने उद्धेश्यले एक अत्याधुनिक र अन्तर्राष्ट्रिय स्तरीय भारत्तोलन प्रशिक्षण दिने उद्धेश्यले कार्की नेपाल पुगेका हुन् ।

उनी काठमाडौं, पोखरा, धरान, बुटवल लगायत शहरमा भारत्तोलन सम्बन्धि बिशेष तालिम दिनेछन् । कार्की गैरआवसीय नेपाली संघ अमेरिकाको खेलकुद समितिका सदस्य हुन् ।