काठमाडौँ, २३ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा जारी तीन ठुला दल र मधेशीमोर्चाको बैठकमा विवाद उत्पन्न भएको छ।
निर्णायक वार्ता गर्न बालुवाटार बैठकबाट एमाओवादी अध्यक्ष प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम बैठकहलबाट बाहिरिनु भएको
छ ।
उहाँहरु सहमति नहुने भन्दै बाहिरिनु भएको हो । बैठकबाट बाहिरिने क्रममा गौतमले सञ्चारकर्मीहरुलाई बैठक सहमति उन्मुख नभएको प्रतिक्रिया दिनुभयो ।
एमाओवादी र मधेशवादी दलको जातीय पहिचानको आधारमा प्रदेशको निर्माण हुनु पर्ने माग र सत्तारुढ दलले त्यसलाई गरेको अस्वीकारले संविधान निर्माण प्रक्रिया नै अन्योलमा पर्दै आएको छ ।
सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले एमाओवादी र मधेसवादी दलसँग संविधानका विवादित विषयमा आज पनि सहमति नजुटे प्रक्रियातिर जाने बताएका छन् ।















प्रतिक्रिया