३० आश्विन २०८३, शुक्रबार

के हो बाथरोग ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाथरोगका कारण जोनीसम्बन्धी समस्या देखिन्छ । यो रोग जुनसुकै व्यक्तिमा देखिन सक्छ ।

बाथ जोर्नीसम्बन्धी समस्या रहेको चिकित्सकहरू बताउँछन् । जोर्नीसम्बन्धी रोग भएका अधिकांशमा बाथ लाग्ने सम्भावना हुन्छ ।

बाथरोगसँग युरिक एसिडको पनि सम्बन्ध हुन्छ । युरिक एसिड बढ्ने समस्या भएका मानिसलाई बाथ हुने बढी सम्भावना हुन्छ ।

वंशानुगत कारणले पनि बाथको समस्या हुन सक्छ । आफूभन्दा अगाडिका कुनै पुस्तामा बाथको समस्या छ भने पछिल्लो पुस्तालाई बाथले समस्यामा पार्न सक्छ ।

विभिन्न इन्फेक्सनका कारण पनि बाथबाट पीडित हुनुपर्ने हुन्छ । बाथरोग भएमा जोर्नी अत्यधिक दुख्ने, जोर्नीका दुवैतर्फका भाग सुन्निने, बिहान उठ्दा हातखुट्टा कक्रिने जस्ता लक्षण देखिने गर्छ ।

बिहान उठेको १ घन्टासम्म हातलाई मुठी पार्नका लागि जति प्रयास गरे पनि नसक्नेजस्ता लक्षण देखिन्छन् ।