३ कार्तिक २०८३, मंगलबार

खानेपानी मन्त्रालयभित्र काण्डै–काण्ड

100.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आवेगमा बोलेको कुरा पुरा गराउन नसक्दा सचिवको सरुवा ?

 

काठमाडौं, २ असार । खानेपानी तथा ढल सरसफाई मन्त्रालयमा अहिले काण्डैकाण्ड मच्चिएको छ । खानेपानी विभागका महानिर्देशक तेजराज भट्ट र उनी निकटका माओवादी नेता कार्यकर्ताका कारण यस्ता अनेक काण्ड सतहमा समेत देखा पर्न थालेका छन् । कतिपय काण्ड मन्त्री बिना मगरका सल्लाहकारका कारणले मच्चिएका छन् ।

मन्त्री नियुक्त भएको साता दिन पनि नबिति असारसम्म मेलम्ची खानेपानी परियोजनालाई काठमाडौं झार्ने घोषणा गरेकी मन्त्री बिना मगर आफ्नै कारण डुबेकी छन् ।

उनका सल्लाहकारसहित माओवादीका अन्य नेताका लहलहैमा लागेर उक्त परियोजनाबारे घोषणा गर्नासाथ मेलम्ची काठमाडौंमा आउने हल्लाले सर्वसाधारण मख्ख थिए । तर परियोजनाको अलिकति पनि काम हुन सकेको छैन ।

त्यतिमात्र होइन मन्त्री भएको बेला के–के न हुन्छ भन्ने आवेगमा रिपोर्टस् क्लवदेखि सामाजिक सञ्जालसम्म मन्त्री आफैं मेलम्चीका लागि तम्सिएकी थिइन् । पानी आउनु त कता हो कता त्यसको ठेकेदार कम्पनी इटालियन सीएमसीको भुक्तानी विवादमा कमिशन नमिल्दा सचिव सरुवादेखि अनेक प्रकरणमा मन्त्री मगर विवादमा मुछिएकी छन् ।

मन्त्री मगर आफैं भने यस्ता विवादमा आउन नचाहने व्यक्ति हुन् । तर, उनलाई विभाग महानिर्देश भट्ट, माओवादी नेता नारायणकाजी श्रेष्ठलगायत उनका घोषित÷अघोािषत सल्लाहकारले डुबाएका हुन् ।

पहिलो पटक मन्त्रालय सम्हालेकी उनलाई पपुलर बनाउनका लागि उनका स्वकीय सचिव र सल्लाहकारहरूले मेलम्चीबारेको परियोजनामा बोल्न उक्साएका थिए । उनी मेलम्ची पुगेर दशैंमा काठमाडौंमा पानीको बाढी बगाउनेसम्म बोल्न चुकिनन् ।

मेलम्ची परियोजना भनेको समयमा नआउने भएपछि मन्त्री मगर अझ उक्साहटमा लागेर मन्त्रालय अन्तरर्गत विभिन्न प्रकारका हत्कण्डा अपनाउनका लागि सल्लाहकारको भनाईमा लाग्न थालेकी छन् ।

अवकासको केही दिनमात्र बाँकी रहेका मेलम्ची खानेपानी परियोजनाका कार्यकारी निदेर्शक रामचन्द्र देवकोटालाई हटाइन् । सचिव कृष्णराज बिसीले सिनियर कर्मचारीको साटो नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका निकस्थ सूर्य कँडेललाई त्यहाँ सरुवा गरिन् । जसका कारण मन्त्री मगरको आलोचना मन्त्रालयभित्रै बढ्न थालेको छ ।

सचिव कृष्णराज बिसीले सिनियर कर्मचारी अनिलभद्र खनाललाई मेलम्चीको कार्यकारी निर्देशकको जिम्मेबारी दिनका लागि गरेको प्रस्तावमा मन्त्री मगर सकारात्मक भए पनि पूर्वमाओवादीको दबाब र विरोधका कारण प्रस्ताव राख्ने सचिव बिसीकै सरुवा गरेर उनी अझ विवादमा तानिएकी छन् ।