वाशिंगटन डीसी । आगामी अगस्त ११ तारिखका दिन विश्व कै सम्राट राज्यमा हुने लागेको प्रथम मिस नेपाल नर्थ अमेरिकामा सयुक्त राष्ट्रसंघ युवा सम्मेलनको युवा अध्यक्ष जोली अमात्य सल्लाहकारमा राखिएको छ ।
राष्ट्र संघको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्य आयोजक समिति को सल्लाहकारमा रहेर काम गर्ने भएकी छिन् ।
आफूलाई समय व्यवस्थापन गर्न गाह्रो भएता पनि मिस नेपाल नर्थ अमेरिका दीर्घकालीन परियोजना रहेकोले समितिको सल्लाहकारमा रहेर काम गर्ने निर्णय गरेको बताइन । समितिमा काम गर्ने व्यक्तित्वहरू सकारात्मक र नयाँ कार्य गर्ने र परिणाममुखी देखेकोले यस समितिमा आफू जोडिन पुगेको बताइन् ।
अमात्यले आफूले जानेको केही अनुभव, ज्ञान, सल्लाह तथा भित्री ईच्छा पनि भएकोले स्वतः स्फूर्त रुपमा काम गर्न इच्छा जागेकोले सल्लाहकारमा बस्ने निधो गरेको बताइन । अमात्यले सहभागीहरूलाई प्रशिक्षण र आफूले जानेका अनुभवहरू हिस्सा समेत गर्ने भएकी छिन् । टोलीमा बसेर काम गर्न पाउँदा आफूलाई निकै गर्व लागेको बताइन् ।
जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ यूवा सम्मेलनलाई सम्बोधन गरी सकेकी छिन् । जोलीले मिस नेपाल नर्थ अमेरिका टोलीले महिला शसक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएकोले आफू एक महिला पनि भएकोले अझ केहि गर्न सकिन्छ भन्ने हेतुले आफू आकर्षित भएको बताइन ।
















प्रतिक्रिया