३० आश्विन २०८३, शुक्रबार

एक केजी नुन लिन हजारौँ खर्च, प्रतिपरिवारलाई मासिक एक केजी नुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nun-salt

जाजरकोट, २३ पुस । साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय डोल्पाले एक हजार २०० क्विन्टल आयोडिन युक्त नुन मंगलबार वितरण गरेको छ ।

अब चैत महिनामा मात्र नुन वितरण हुने गर्दछ । जिल्लाका भोट क्षेत्रका छवटा गाविसलाई केन्द्रीय कार्यालय काठमाडौँबाटै तातोपानी भन्सार, स्वशासित क्षेत्र चीन हँुदै डोल्पाको तिन्जे डिपो कार्यालयबाट वितरण हुने गर्दथ्यो । यस पटक १७ वटै गाविसलाई सदरमुकाम दुनैबाटै वितरण भएको छ ।

पाँच सदस्य भएको घरमा मासिक एक केजी, ६ देखि १० जना भएकालाई दुई केजी र त्योभन्दा धेरै सदस्य भएमा मासिक तीन केजी दिने नियम रहेको छ । विगतका वर्षमा सदरमुकामभन्दा केही टाढा रहेका गाविसमा ठेकेदारद्वारा ढुवानी गरी ती गाविसको पाइक पर्ने ठाउँमा वितरण हुन्थ्यो । अहिले सदरमुकामबाट मात्र आयोडिन युक्त नुन वितरण हुँदा सर्वसाधारण हजारौँ रुपैयाँ खर्च गरेर नुन लिन आउन बाध्य छन् ।

आर्थिक वर्ष २०७१÷७२ मा ठेकेदार कमल गुरुङले सिधैँ सदरमुकाम पु¥याए पछि यहाँबाटै वितरण भएको हो । गाउँमा वितरण गर्दा पनि सदरमुकामकै ढुवानी खोजेकाले यस पटक कुरा नमिलेको डिपो कार्यालय डोल्पाका खरिदार प्रकाश धाँमीले जानकारी दिनुभयो ।

तीन महिनामा एक पटक वितरण गरिने नुनमा पहँुच भएका व्यक्तिले तोकिएको मापदण्डभन्दा बढी नुन पाएको तर गाउँबाट नुन लिन आएका सर्वसाधारणले नुन पाउन निकै मुस्किल भएको सर्मी गाविसका लालबहादुर बुढाले दुखेसो पोख्नुभयो । रासस