३ कार्तिक २०८३, मंगलबार

कसको प्रेम जालमा परे राजेन्द्र महतो ? पत्नी शैलीको के छ प्रतिक्रिया ?

94.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । पूर्वमन्त्री समेत रहेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता राजेन्द्र महतोको प्रेमलाई लिएर फेरि बबरमहल एक पटक तात्तिएको छ ।

महतोको प्रेमलाई लिएर पार्टीको बैठकमा समेत चर्चा चलेको स्रोतको भनाइ छ । समानुपातिक सांसद नरमाया ढकालसँग महताको नाम जोडिएको हो ।

महतोकै दवाव र जोडबलमा ढकाल प्रतिनिधि सभाको समानुपातिक सांसद बनेकी हुन् । महतोसँग जोडिएर ढकालका बारेमा यसअघि पनि धेरै चर्चा भइसकेको छ ।

महतोको प्रेमका विषयमा राजपाको अध्यक्षमण्डलको बैठकमा कुरा उठ्नुका साथै अन्य सदस्यहरूले सामाजिक सञ्जालमा नरमाया ढकालसँग जोडिएर प्रेमका कुरा आएका छन् के हो ? भनेर सोधेको स्रोतको भनाइ छ ।

बैठकमा कुरा उठेपछि महतोले नरमाया ढकालसँगको विषय आफ्नो व्यक्तिगत रहेको बताएका थिए ।

महतोले ढकाललाई खसआर्य सूचीबाट सांसद बनाएका हुन् । राजपा नेतृत्वले समेत ढकाललाई सांसद बनाउन चाहेको थिएन ।

गैरसरकारी संस्थामा आबद्ध ढकाल काठमाडौंमा बसेर सद्भावना पार्टी राजनीतिमा लागेकी थिइन् ।

ढकालको विवाह चितवनमा भएको छ । ढकाल काठमाडौंको बत्तिसपुलतीमा स्थायी रुपमा बसोबास गर्छिन् ।

महतोको प्रेमका विषयमा उनकी पत्नी शैली महतोले मुख खोलेकी छैनन् ।