दामोदर दाहाल
युएई । युएईको सारजाहमा सुर्योदय नेपाली समाजले नयाँ वर्ष २०१५ को अबसरमा भव्यरुपमा साँस्कृतिक कार्यक्रम सम्पन गरेको छ ।
सूर्योदय नेपाली समाज गत वर्ष २०७० मा सारजाह र आजमानमा बसोबास गर्ने नेपालीहरुले संयुक्त रुपमा स्थापना गरेको संस्था हो ।
हाल ३० जना सदस्यहरू सक्रिय रुपमा रहेको यो संस्थाले समस्या परेको अवस्थामा सहयोग गर्ने हेतुले हरेक सदस्यहरु महिनाको १०० दिराम बचत गर्ने गरेको सस्थाका उपाध्यक्ष बाबुराम सापकोटाले जानकारी दिए ।
कार्यक्रममा युएईमा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । उक्त साँस्कृतिक कार्यक्रममा गीत तर्फको प्रतिस्पर्धामा मिना थापा मगर प्रथम भएकी थिईन भने दोर्सोमा सरिता तामाङले आफ्नो स्थान जमाईन।
त्यस्तै डान्सतर्फ प्रथममा असोक राईले अग्रसरता लिए । दोस्रोमा जगदीश परियार र उर्मिला धामी आफ्नो स्थान ओगटन सफल भए । त्यस्तै तेस्रो स्थानमा जीवन गुरुङ् र शान्त्वना सकु थापाले पाए । रसबै कलाकारहरुलाई सस्थाको तर्फबाट नगद तथा प्रशंसा प्रत्रले सम्मान गरिएको थियो।
सुर्योदय नेपाली समाजलाई आर्थिक सहयोग प्रदान गर्ने लुलानाथ शर्मा र बबि थापालाई सस्थाले सम्मानित गरेको थियो । स्टेजमा बाबुराम सापकोटा र सरिता तामांगको दोहोरीले दर्शकको ताली पाएको थियो । अशोक राई र यौवन गिरीको रोचक कमिडिले दर्शकले खुलेरै तालीको वर्षा गरेका थिए।
कार्यक्रमका प्रमुख अथिति पान बहादुर गुरुङ्ले सुर्योदय नेपाली समाजमा बसेर सक्रिय रुपमा लागेका पाँच जना केशरा परियार, सरिता तामांग, अप्सरा बजगाई, सकु थापा र राधा थापालाई नगद तथा सम्मान गर्नुभयो।
सूर्योदय नेपाली समाज सारजाह,युएईको आयोजनामा भयको उक्त सास्कृतिक कार्यक्रम सस्थाका अध्यक्ष खेमराज बजगाईको सभापतित्वमा सम्पन भएको थियो ।
प्रमुख अतिथिम पानबहादुर गुरुङ् र बिशेष अतिथिमा गैर आबासीय नेपाली संघ युएईका अध्यक्ष कृष्ण भुसाल, प्रबासी नेपाली मंच युएईका अध्यक्ष प्रकाश कोइराला र नेपालबाट युएईमा निजी भ्रमणमा रहनु भएका प्रेस चौतारी नेपालका सचिव गणेश पाण्डे रहनु भएको थियो।
कार्यक्रम संचालन बाबुराम सापकोटा र योबन गिरीले सामुहिक रुपमा गरेका थिए। भने स्वागत मन्तव्य सुर्योदय नेपाली समाजका सचिव नरदीप लिम्बुले राखेका थिए ।














प्रतिक्रिया