डडेल्धुरा, २७ जेठ । निर्वाचनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।
पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो । ‘सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्’, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, ‘डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।’
जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक–पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे । देउवा बोलिरहँदा कार्यकर्ताले ुस्वेच्छाचारी बन्न पाईंदैनु भन्दै नाराबाजी गरो थिए ।














प्रतिक्रिया